माघ १८, २०८२ आइतबार | ११:१६:११
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम

काठमाडौं । प्रतिष्ठित आहा रारा गोल्डकपको २५औं संस्करणमा स्वदेश तथा विदेशीगरी १२ टिम सहभागी हुने भएका छन् ।

आइतबार प्रतियोगिता आयोजना मूल समितिका सदस्य सचिव गंगाराज पौडेलले सहभागी टिमको टुंगो लगाउँदै पहिलो पटक प्रतियोगिता अस्थाई फ्लड लाइटमा आयोजना हुने जानकारी गराए ।

पौडेलका अनुसार पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा आयोजकको एक टिमसहित सहिद स्मारक ‘ए’ डिभिजन लिगका ७ सहभागी हुनेछन् । यस्तै, चार टिम विदेशी छन् ।

सहिद स्मारक ए डिभिजन लिगबाट सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबसँगै मनाङ्ग मस्र्याङ्गदी क्लब, बढुवा भएको प्लानिङ्ग व्वाईज यूनाईटेड, चर्च व्वाईज यूनाईटेड, विभागीय टोली एपिएफ क्लब, जाउलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लब छन् ।

यस्तै, आयोजक सहारा क्लब पोखरासँगै उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङबाट गार्खा फुटबल क्लब र भातरबाट दुई टिम सहभागी हुनेछन् । भारतबाट थन्डरवोल्ड नर्थ युनाइटेडको टुंगो लागिसकेको छ भने एक टिमको पक्का हुन बाँकी छ ।

सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिता क्याराभान गोल्ड कपहुँदै आहा रारा गोेल्डकपमा परिणत भएको छ । यसपटक प्रतियोगिता  माघ २७ गते देखि फागुन ९ गतेसम्म हुँदैछ ।

‘खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्य अनुरुप संञ्चालन हुने यस २५औं संस्करणमा प्रथम र दोश्रो पुरस्कारको धनराशी वृद्धि गरि भएको आयोजकले जनाएको छ । च्याम्पियन बन्ने टिमले १४ लाख १ हजार र  उपविजेता हुने टिमले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ । यस्तै, पोखरा महानगरपालिका संरक्षक, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यु.के., सहारा हङ्गकङ्ग, सहारा क्लब अष्ट्रियलिया बिशेष सहयोग गरेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।