काठमाडौं । अबको ट्वान्टी २० विश्वकप २०२६ मा समूह ‘सी’ त्यस्तो स्थान रहेको छ, जसमा नेपालले आफ्नो चुनौती ‘अन्डरडग’ का रूपमा रहेको छ । यो समूहलाई लिएर अहिलेसम्म आएको सबैभन्दा मीठो समाचार हो, नेपाल सम्मिलित खेलका टिकटको माग अत्याधिक रहेको छ ।
भारतीय मिडियाका अनुसार भारत सम्मिलित खेलपछि कुनै टिमको टिकट माग भएको छ भने त्यो नेपाल नै हो । यसले देखाउँछ, नेपाली क्रिकेट कति लोकप्रिय छ भनेर ।
यस्तोमा नेपाली क्रिकेट समर्थकको अपेक्षा रहनेछ, नेपालको राम्रो प्रदर्शन अथवा कुनै टेस्ट टिममाथि जित पनि । यो समूहमा रहेका छन्, दुई बलिया टिम, इङ्ल्यान्ड र वेस्ट इन्डिज । धेरैका लागि यिनै दुई टिम अन्तिम आठमा प्रवेशको सम्भावना बोकेका हुन् ।
तर होइन्, यो समूहमा यी दुई टिम ढुक्क हुन सक्ने स्थिति छैन् । यो समूहमा अन्य दुई टिम हुन्, स्कटल्यान्ड र इटाली । बंगलादेशले प्रतियोगितामा भाग नलिने भएपछि स्कटल्यान्डको प्रवेश भएको हो, यसपल्टको विश्वकपमा ।

इटालीले पहिलो पटक विश्वकप खेल्दैछ र यो विश्व क्रिकेटमा खासै सुनिने नाम होइन् । तर पछिल्लो समय इटालीको क्रिकेटले पनि धेरै प्रगति गरेको छ र यसका लागि धन्यवाद दिनु पर्नेछ, दक्षिण एसियाका आप्रवासी खेलाडी । स्कटल्यान्डले सन् २००७ मै ट्वान्टी २० विश्वकपको अनुभव बटुलिसकेको छ, त्यसमाथि यो टिम पनि ट्वान्टी २० क्रिकेटमा बलियो नै छ ।
नेपाली क्रिकेट समर्थकको सारा ध्यान भने टिमले मुम्बईका वानखडे स्टेडियममा कसरी खेल्नेछ भन्नेमै रहने छ ।
नेपालले वेस्ट इन्डिजलाई ट्वान्टी २० क्रिकेटमा हराएको मात्र छैन्, सिरिज पनि जितेको छ, त्यसैले यो तथ्यले पनि नेपाली टिमलाई उत्साहित राख्नेछ । भलै त्यति बेला वेस्ट इन्डिज टिममा धेरै नयाँ खेलाडी थिए र अहिलेको टिम त्यो जस्तो छैन्, फेरिएको छ ।

साधारणतया इङ्ल्यान्ड व वेस्ट इन्डिज ट्वान्टी २० क्रिकेटमा राम्रै प्रदर्शन गर्ने टिम हुन् । यसको उदाहरण यही विश्वकपको इतिहास रहेको छ । भारत पछि इङ्ल्यान्ड र वेस्ट इन्डिज नै त्यस्ता दुई टिम हुन्, जसले दुई दुई पल्ट यो विश्वकपको उपाधि जितेको छ ।
