पुस ११, २०८२ शनिबार | १९:३०:५९
एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित अञ्जिलाको सेथुले गोकुलमसँग खेल्दै उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक एनभिए च्याम्पियनसिपः पुरुषतर्फ रुकुमले बुढानिलकण्ठलाई हरायो चौथो टेष्ट इङ्ल्यान्डको पक्षमा एनभिए च्याम्पियनसिपः पुरुषतर्फ आर्मीको कठिन जित, कोशी अभागी एनभिए च्याम्पियनसिपः महिलातर्फ एपिएफको विजयी सुरुआत, मधेश निरीह सूर्य नेपाल गल्फ टुर २०२५-२६ सोमबारबाट, गोकर्णमा सेन्ट्रल ओपनबाट सुरु हुँदै न्यु डायमन्डको सहज जित अञ्जिलाको सेथुले गोकुलमसँग खेल्दै उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने

एन्फा यु-१६ युथ लिगः आर्मीविरुद्ध श्री भगवतीको रोमाञ्चक जित, मछिन्द्र र मनाङलाई सहजै तीन अंक

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा शनिबार विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध श्री भगवती क्लबले रोमाञ्चक जित हासिल गर्दा मछिन्द्र र मनाङ मर्स्र्याङ्दी क्लबले आ-आफ्नो खेलमा फराकिलो जित निकाल्यो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको पहिलो खेलमा भगवतीले आर्मीलाई ५-४ ले निराश पार्यो । आर्मीले रोजित खत्रीको गोलमा सुरुआती अग्रता लिएको थियो । त्यस्तै प्रज्वल शाही ठकुरीको गोलमा पुनः २-१ ले अगाडि बढेको थियो । तर, अन्त्यमा जित भगवतीको भयो ।

भगवतीका लागि सरुण महत्तोले ह्याट्रिक गरे । त्यस्तै सरीन थिङ र योगेश जिसीले स्कोरसीटमा आफ्नो नाम लेखाए । ४-४ को अवस्थामा सरुणले खेलको ६४औं मिनेटमा निर्णायक गोल गरेका थिए । ४-२ को अवस्थामा आर्मीका लागि अनन्त थापा र सृजन मल्लले खेललाई बराबरीमा ल्याएका थिए ।

दोस्रो खेलमा मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई ६-२ ले हरायो । मछिन्द्रका लागि विकाश थापाले दुई तथा करण धामी, जनक विक, राहुल कुमार योञ्जन र सुमन बम ठकुरीले समान एक गोल गरे । एनआरटीका लागि सुनिल घर्तीमगरले सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै अनमोल सुवेदीको गोल सान्त्वना बन्यो ।

दिनको तेस्रो खेलमा मनाङले प्लानिङ ब्वाइज क्लबको पोस्टमा ५ गोल गर्यो । मनाङका लागि प्रकाश सिंहले दुई तथा विवेक मगर, रोहन थापामगर र राहुल कुमार धामीले समान एक गोल गरे ।

 

 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I