पुस ११, २०८२ शनिबार | ०७:५४:१९
उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एनभिए भलिबल लिगको रौनक, अरुणा गइन्, प्रतिभा आइन्, कुन टिम हाेला च्याम्पियन ? भारतीय प्रशिक्षकको अगुवाइमा महिला क्रिकेटलाई ठूलो अवसर सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका एनभिए पुरुष च्याम्पियनसिपः नेपाल पुलिस र हेल्प नेपालको विजयी सुरुआत एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एनभिए भलिबल लिगको रौनक, अरुणा गइन्, प्रतिभा आइन्, कुन टिम हाेला च्याम्पियन ? भारतीय प्रशिक्षकको अगुवाइमा महिला क्रिकेटलाई ठूलो अवसर सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका एनभिए पुरुष च्याम्पियनसिपः नेपाल पुलिस र हेल्प नेपालको विजयी सुरुआत एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर
शनिबारको दिन

सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका

काठमाडाै‌ । इङ्लिस फुटबलको सबैभन्दा लोकप्रिय क्लबमा पर्छ, आर्सनल । यो क्लब असाध्यै लोकप्रिय किन छ भने यो सफल छ । आर्सनलको अर्थ उपाधि जित्नुसँग हो । तर आर्सनलका केही विरोधी यो क्लबका समर्थकलाई व्यंग्य गर्ने गर्छन्, यसले उपाधि जित्न नसकेको धेरै भयो भनेर । हुन पनि आर्सनलले ठूलो उपाधि जित्न नसकेको लामो समय भइसक्यो । विशेषतः इङ्लिस प्रिमियर लिग ।

धेरै यस्तो अवसर आए । जतिबेला लागिरहेको थियो, अब चाहिँ आर्सनलले लिग जित्ने छ । तर अन्त्यमा आर्सनल दोस्रो उत्कृष्ट टिम मात्र साबित हुने । त्यसैले त पछिल्ला केही सिजन आर्सनल लगातार प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ । सायद यसपल्ट आर्सनलका लागि केही विशेष हुँदै छ । विश्वास नहुन सक्छ, यतिबेला आर्सनलसामु यो सिजन चार उपाधि जित्ने अवसर छ ।

अरू खास इङ्लिस प्रतिद्वन्द्वी सबैले च्याम्पियन्स लिग धेरैपल्ट जितिसकेको छ । तर आर्सनलले भने यो अवसर पाएको छैन । 

के व्यवस्थापक मिखेल आर्टेटाको टिम यसका लागि तयार छन् त ? यो त दुर्लभ मौकाको अवसर पनि हो । सबैभन्दा पहिले प्रिमियर लिगकै कुरा । यो सप्ताहन्तका खेल सुरु हुनु अगाडि आर्सनल ३९ अंकमा शीर्षस्थानमा छ । 

टोलीलाई दोस्रोमा रहेको म्यानचेस्टर सिटीमाथि २ अंकको अग्रता छ । आर्सनललाई तेस्रोमा रहेको एस्टन भिल्लामाथि ३ अंककै अग्रता छ ।

अब युरोपेली च्याम्पियन्स लिगको कुरा गरौं । यो एउटा यस्तो प्रतियोगिता हो, जसलाई आर्सनलले अहिलेसम्म जित्न सकेको छैन । त्यसैले आर्सनलका लागि यो सबैभन्दा महत्वको उपाधि हुन सक्नेछ । उसका अरू खास इङ्लिस प्रतिद्वन्द्वी सबैले च्याम्पियन्स लिग धेरैपल्ट जितिसकेको छ । तर आर्सनलले भने यो अवसर पाएको छैन । अहिले आर्सनल १८ अंकसहित शीर्षमै छ ।

भयो भने यो जत्तिको ठूलो उपलब्धि अरू केही हुने छैन । तर पूरापूरा सम्भावना के छ भने सायद यसपल्ट आर्सनल खाली हात रहने छैन ।

यसरी आर्सनल घरेलु लिग र युरोपको सबैभन्दा ठूलो प्रतियोगिता दुवैको शीर्षमा छ । अब दुई घरेलु कपको कुरा । क्रिसमसको ठीक अगाडि आर्सनल लिग कपको सेमिफाइनल पनि पुग्यो । 

त्यसका लागि उसले क्रिस्टल प्यालेसलाई नाटकीय टाइब्रेकरमा हराएको थियो । अब आर्सनलले दुई लेग चल्ने सेमिफाइनलमा लन्डनको अर्को छिमेकी क्लब चेल्सीको सामना गर्नेछ ।

अन्त्यमा एफए कपको कुरा । यसमा पनि आर्सनलको चुनौती कायम छ र तेस्रो चरणमा पोर्टसमाउथको सामना गर्दै छ । साँच्चै के आर्सनलले यी चारै उपाधि जित्ने त होइन ? सायद यस्तो हुने छैन, किनभने अहिलेसम्म यस्तो कसैले पनि गर्न सकेकै छैन । भयो भने यो जत्तिको ठूलो उपलब्धि अरू केही हुने छैन । तर पूरापूरा सम्भावना के छ भने सायद यसपल्ट आर्सनल खाली हात रहने छैन । आर्सनलले केही न केही जित्ने नै छ ।