फाल्गुन १, २०८२ शुक्रबार | १६:३६:०१
ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि ब्रेन्डन टेलरको ठाउँमा बेन करेन आयरल्यान्डको टिममा स्टर्लिङलाई टपिङले स्थानान्तरण गर्ने एन्फाको ‘अर्ली इलेक्सन’ प्रक्रिया पुनस्थापितः ‘सी’ डिभिजन क्लबबाट ९ मताधिकारप्राप्त प्रतिनिधि चयन अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
शनिबारको दिन

सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका

काठमाडाै‌ । इङ्लिस फुटबलको सबैभन्दा लोकप्रिय क्लबमा पर्छ, आर्सनल । यो क्लब असाध्यै लोकप्रिय किन छ भने यो सफल छ । आर्सनलको अर्थ उपाधि जित्नुसँग हो । तर आर्सनलका केही विरोधी यो क्लबका समर्थकलाई व्यंग्य गर्ने गर्छन्, यसले उपाधि जित्न नसकेको धेरै भयो भनेर । हुन पनि आर्सनलले ठूलो उपाधि जित्न नसकेको लामो समय भइसक्यो । विशेषतः इङ्लिस प्रिमियर लिग ।

धेरै यस्तो अवसर आए । जतिबेला लागिरहेको थियो, अब चाहिँ आर्सनलले लिग जित्ने छ । तर अन्त्यमा आर्सनल दोस्रो उत्कृष्ट टिम मात्र साबित हुने । त्यसैले त पछिल्ला केही सिजन आर्सनल लगातार प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ । सायद यसपल्ट आर्सनलका लागि केही विशेष हुँदै छ । विश्वास नहुन सक्छ, यतिबेला आर्सनलसामु यो सिजन चार उपाधि जित्ने अवसर छ ।

अरू खास इङ्लिस प्रतिद्वन्द्वी सबैले च्याम्पियन्स लिग धेरैपल्ट जितिसकेको छ । तर आर्सनलले भने यो अवसर पाएको छैन । 

के व्यवस्थापक मिखेल आर्टेटाको टिम यसका लागि तयार छन् त ? यो त दुर्लभ मौकाको अवसर पनि हो । सबैभन्दा पहिले प्रिमियर लिगकै कुरा । यो सप्ताहन्तका खेल सुरु हुनु अगाडि आर्सनल ३९ अंकमा शीर्षस्थानमा छ । 

टोलीलाई दोस्रोमा रहेको म्यानचेस्टर सिटीमाथि २ अंकको अग्रता छ । आर्सनललाई तेस्रोमा रहेको एस्टन भिल्लामाथि ३ अंककै अग्रता छ ।

अब युरोपेली च्याम्पियन्स लिगको कुरा गरौं । यो एउटा यस्तो प्रतियोगिता हो, जसलाई आर्सनलले अहिलेसम्म जित्न सकेको छैन । त्यसैले आर्सनलका लागि यो सबैभन्दा महत्वको उपाधि हुन सक्नेछ । उसका अरू खास इङ्लिस प्रतिद्वन्द्वी सबैले च्याम्पियन्स लिग धेरैपल्ट जितिसकेको छ । तर आर्सनलले भने यो अवसर पाएको छैन । अहिले आर्सनल १८ अंकसहित शीर्षमै छ ।

भयो भने यो जत्तिको ठूलो उपलब्धि अरू केही हुने छैन । तर पूरापूरा सम्भावना के छ भने सायद यसपल्ट आर्सनल खाली हात रहने छैन ।

यसरी आर्सनल घरेलु लिग र युरोपको सबैभन्दा ठूलो प्रतियोगिता दुवैको शीर्षमा छ । अब दुई घरेलु कपको कुरा । क्रिसमसको ठीक अगाडि आर्सनल लिग कपको सेमिफाइनल पनि पुग्यो । 

त्यसका लागि उसले क्रिस्टल प्यालेसलाई नाटकीय टाइब्रेकरमा हराएको थियो । अब आर्सनलले दुई लेग चल्ने सेमिफाइनलमा लन्डनको अर्को छिमेकी क्लब चेल्सीको सामना गर्नेछ ।

अन्त्यमा एफए कपको कुरा । यसमा पनि आर्सनलको चुनौती कायम छ र तेस्रो चरणमा पोर्टसमाउथको सामना गर्दै छ । साँच्चै के आर्सनलले यी चारै उपाधि जित्ने त होइन ? सायद यस्तो हुने छैन, किनभने अहिलेसम्म यस्तो कसैले पनि गर्न सकेकै छैन । भयो भने यो जत्तिको ठूलो उपलब्धि अरू केही हुने छैन । तर पूरापूरा सम्भावना के छ भने सायद यसपल्ट आर्सनल खाली हात रहने छैन । आर्सनलले केही न केही जित्ने नै छ ।