पुस ११, २०८२ शनिबार | ०७:२९:२८
उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एनभिए भलिबल लिगको रौनक, अरुणा गइन्, प्रतिभा आइन्, कुन टिम हाेला च्याम्पियन ? भारतीय प्रशिक्षकको अगुवाइमा महिला क्रिकेटलाई ठूलो अवसर सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका एनभिए पुरुष च्याम्पियनसिपः नेपाल पुलिस र हेल्प नेपालको विजयी सुरुआत एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर उछिनपाछिनमा चलिरहेको इटालियन लिग एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने एनभिए भलिबल लिगको रौनक, अरुणा गइन्, प्रतिभा आइन्, कुन टिम हाेला च्याम्पियन ? भारतीय प्रशिक्षकको अगुवाइमा महिला क्रिकेटलाई ठूलो अवसर सफल बन्न नसकेको आर्सनलसामु छ धेरै मौका एनभिए पुरुष च्याम्पियनसिपः नेपाल पुलिस र हेल्प नेपालको विजयी सुरुआत एनपिएलमा छक्का र चौकाबाट बनेका रनबराबर कफी रोपिने नेपाली क्रिकेटका सदावाहर गुरु टमाटा सहित पाँच खेलकर्मी राखेप सदस्य नियुक्त एन्फा यु-१६ युथ लिगः सातदोबाटोको पोस्टमा फ्रेन्ड्सको ९ गोल, शेर्पाले पुलिससँग सात खायो रोहित ‘ओमोडा एन्ड जेको’को ब्रान्ड एम्बासडर
शनिबारको दिन

एएफसी नेसन्स लिगः नेपाल जस्तो राष्ट्रका लागि कोसेढुंड्गो बन्न सक्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले भर्खरै मात्र नेसन्स लिग सुरू गर्ने योजना सार्वजनिक गरेको छ । निकट भविष्यमा आफ्ना सदस्य राष्ट्रबीच प्रतिस्पर्धाको अवसर वृद्धिको उद्देश्यसहित एएफसीले नेसन्स लिगको योजना अगाडि सार्दा नेपालजस्ता फुटबलमा अझै पनि बामे सर्दै गरेका राष्ट्रहरू उत्साही छन् ।

युइएफए नेसन्स लिगको मोडेलमा बनाइएको प्रस्तावित प्रतियोगिताले कमजोर टोलीहरूबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई प्रतिस्पर्धात्मक बनाउने लक्ष्य बोकेको छ । अन्तर्राष्ट्रिय फुटबलबाट बेवास्ता भएका खेलले पनि समान महत्व पाउने भएकाले नेपाल जस्तो कमजोर राष्ट्र उत्साहित हुनु स्वाभाविक हो ।

फिफा विन्डोलाई प्रभावकारी रूपमा उपयोग गर्ने चुनौतीलाई एएफसीले राम्ररी समीक्षा गरिरहेको थियो । यो निर्णयसम्म पुग्नुअघि एएफसीले विभिन्न सरोकारवालासँग परामर्श प्रक्रिया अगाडि बढाएको थियो ।

नेसन्स लिग यस्तो खालको प्रतियोगिता हो जहाँ सहभागी राष्ट्रहरूलाई स्तरका हिसाबले विभाजन गरिन्छ । यी राष्ट्रहरू आफ्नो प्रदर्शनका आधारमा बढुवा र घटुवा हुने गर्छन् ।

फिफा विन्डोमा बलिया टोली विश्वकप वा महादेशीय छनोट प्रतियोगितामा व्यस्त हुने गर्छन् । जसका कारण कमजोर राष्ट्रले आफूभन्दा बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्न पाइरहेका हुँदैनन् । वास्तवमै तिनले यो विन्डोलाई राम्ररी उपयोग गर्न सक्दैनन् । अर्कोतर्फ कमजोर फुटबल संघ आफै पनि अत्यधिक खर्च, लजिस्टिकका चुनौतीका कारण अन्तर्राष्ट्रिय खेलहरू नखेल्ने निर्णयहरूमा पुग्ने गर्छन् । भइरहेका खेलहरू पनि प्रतिस्पर्धात्मक-अर्थपूर्ण भएका छैनन् । यस्तै समस्याहरूका कारण एएफसी पनि युइएफए नेसन्स लिगकै शैलीमा प्रतियोगिता सुरु गर्न सहमत भएको हो ।

नेसन्स लिग यस्तो खालको प्रतियोगिता हो जहाँ सहभागी राष्ट्रहरूलाई स्तरका हिसाबले विभाजन गरिन्छ । यी राष्ट्रहरू आफ्नो प्रदर्शनका आधारमा बढुवा र घटुवा हुने गर्छन् । नेपाली फुटबल विकासका लागि यस्ता किसिमको प्रतियोगितालाई महत्त्वपूर्ण कदमका रूपमा लिन सकिन्छ ।

कम वरीयताका राष्ट्रहरूले बलिया टोलीसँग खेल्न पाउन संघर्ष गरिरहेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि छोटो सूचनामा एक्कासि भइरहेको हुन्छ । खेल नजिकिँदै जाँदासम्म पनि विपक्षी को हो टुंगो हुँदैन । आर्थिक कारण नै कतिपय खेलहरू रद्ध भएको घटना धेरै छन् । यस किसिमको तीतो यथार्थ नेपाल र अन्य कमजोर राष्ट्रले भोग्दै आएको धेरै भइसक्यो । खेलाडी र ‘ट्याक्टिल’ विकासमा यी राष्ट्रहरूलाई घाटा भइरहेको छ ।

यसले खेलाडीमा पनि ‘कन्फिडेन्स’ वृद्धि गर्नेछ । ‘म्याच एक्सपोजर’ बढाउनेछ । ‘ट्याक्टिकल’ बुझाइमा सुधार ल्याउने छ । 

एएफसी नेसन्स लिगले यो परिदृश्य परिवर्तन गर्ने सम्भावना छ । वरीयता वा प्रदर्शनको आधारमा राष्ट्रिय टोलीहरूलाई प्रतिस्पर्धात्मक तहमा समूहबद्ध गराएर खेल खेलाउँदा खेलहरू आफै ‘कम्पिटेटिभ’ हुने विश्वास लिइएको छ । यस किसिमको संरचनाले सन्तुलित प्रतिस्पर्धाहरू सुनिश्चित गर्नेछ नै, टोलीहरूले आफ्नो वास्तविक स्तर पनि मापन गर्न पाउँछन् ।

आफ्नै स्तरका राष्ट्रसँग खेल्दा नेपाल जस्तो राष्ट्रको फुटबल विकास माथि जाने अनुमान छ । यसले खेलाडीमा पनि ‘कन्फिडेन्स’ वृद्धि गर्नेछ । ‘म्याच एक्सपोजर’ बढाउनेछ । ‘ट्याक्टिकल’ बुझाइमा सुधार ल्याउने छ । यी कुराहरू कहिलेकाँही अर्थहीन मैत्रीपूर्ण खेलबाट सम्भव नै छैन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) जस्ता साना फुटबल संघहरूका लागि अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्नु धेरै महँगो हुन सक्छ । यात्रा, होटल र अन्य व्यवस्थाको लागत प्रायः मैत्रीपूर्ण खेलहरूबाट प्राप्त हुने फाइदाभन्दा बढी हुने गर्छ । कम महत्वको खेलले खेलप्रेमीको ध्यान पनि तान्न सकिरहेको हुँदैन । यसबाट आवश्यक फाइदा उठाउन पनि गाह्रो हुन्छ ।

नेसन्स लिग यसको उपचार हो । तालिकाबद्ध खेलहरू अन्तर्राष्ट्रिय क्यालेन्डरमा उचित रूपमा समावेश गरिँदा फुटबल संघहरूले नियोजित रूपमा काम गर्न पाउँदा लागतको चुनौतीलाई पनि केही हदसम्म कम गर्न सक्छन् । एएफसीको प्रत्यक्ष साथ रहँदा यस किसिमको व्यवस्थित प्रतियोगिताले प्रायोजक, प्रसारक र प्रशंसकहरूलाई आकर्षित गर्ने सम्भावना बढी हुन्छ । जसले आम्दानी सिर्जना गर्न सकिन्छ ।

यसको कार्यान्वयन हुने हो भने नेपाली फुटबलको दीर्घकालीन विकासमा यसले ठूलो सहयोग पुर्‍याउनेमा दुईमत छैन । 

सन् २०१८ मा सुरु गरिएको युइएफए नेसन्स लिगलाई खेलहरूको गुणस्तर प्रतिस्पर्धात्मक सन्तुलन सुधार गर्ने श्रेय दिइएको छ । अर्को महत्त्वपूर्ण कुरा भनेको यसले युरोपेली च्याम्पियनसिप र फिफा विश्वकप जस्ता प्रमुख प्रतियोगिताका लागि वैकल्पिक छनोट हुने दिशा प्रदान गरेको छ । विशेष गरी यसले तल्लो वरीयताका राष्ट्रलाई फाइदा पुर्यायो ।

यता एएफसीले आफ्नो नेसन्स लिगलाई एसिया कप वा विश्वकप छनोटसँग जोड्ने कि नजोड्ने भन्ने निर्णय गरिसकेको छैन । यदि यो विचारलाई यथार्थमा ल्याउने हो भने नेपाली फुटबल सकारात्मक बाटोतर्फ जान सक्छ ।

 प्रत्यक्ष रूपमा छनोट हुन नसके पनि बढुवा र घटुवा प्रणालीले साना टोलीहरूमा राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्नेछ । एकैचोटि सफलता हासिल गर्ने कुरा फुटबलमा ‘रियालिस्टिक’ हुँदैन । चरणबद्ध रूपमा विस्तारै सुधार ल्याउन नेसन्स लिगले ठूलो भूमिका खेल्नेछ ।

एएफसी नेसन्स लिग, एसियाली फुटबलमा आफ्नो छाप छोड्न खोजिरहेका राष्ट्रका लागि राम्रो अवसर बन्ने अपेक्षा छ । यसको कार्यान्वयन हुने हो भने नेपाली फुटबलको दीर्घकालीन विकासमा यसले ठूलो सहयोग पुर्‍याउनेमा दुईमत छैन ।