पुस ६, २०८२ सोमबार | ०८:१५:१६
रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित साफ फुटसल च्याम्पियनसिपः नेपालको अन्तिम टोली सार्वजनिक ट्वान्टी-२० विश्वकपः क्यानले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो जेम्सलाई तेहोरो उपाधि मिसन २०२६ का खेलाडी र प्रशिक्षकलाई विशेष तालिम

अपराजित बायर्नमा केनको प्रभाव कायम

काठमाडौं । जर्मन महारथी बायर्न म्युनिखले जारी सिजनको घरेलु बुन्डेसलिगामा अपराजित यात्रा कायम राख्ने क्रममा आइतबार राती होफेनहेइममाथि ४–० को जित हासिल गरेको छ ।

१५ खेलमा १३ औं जित हासिल गरेको टोली दोस्रो स्थानको बोरुसिया डर्टमण्डमाथिको अग्रता ९ अंकले फराकिलो पार्न सफल भएको छ । १३ जित र २ बराबरीका साथ १५ खेलमा बायर्नले ४१ अंक जोडेको छ भने डर्टमण्डले समान खेलमा ३२ अंक बटुलेको छ । बायर्नसँग पराजित होफेनहेइम चाँही २७ अंकका साथ पाँचौं स्थानमा छ ।

बायर्नलाई जित दिलाउन आइतबार जोसिप स्टानिसिकले १५औं मिनेटमा अग्रता दिलाएका थिए । माइकल ओलिसले ३२औं मिनेटमा त्यो अग्रतालाई दोब्बर पारे ।

दुवै हाफमा २–२ गोल गरेको बायर्नका लागि समय सकिनै लाग्दा लुइस डियाज र ह्यारी केनले गोल थपे । डियाजले समय सकिन चार मिनेट बाँकी रहँदा गोल गरेका थिए भने केनले इन्ज्युरी समयमा गोल गरेका थिए ।

जारी सिजनमा सबैखाले प्रतियोगितामा गरी बायर्नका लागि केनको यो २५औं खेलमा ३०औं गोल थियो । बुन्डेसलिगामा उनको यो १९औं गोल हो भने केनले च्याम्पियन्स लिग र जर्मन पोकालमा ५/५ तथा जर्मन सुपरकपमा एक गोल गरिसकेका छन् ।

आइतबारै सम्पन्न जर्मन बुन्डेसलिगाको अर्को खेलमा मेइन्ज ०५ र सेन्ट पाउलीले गोलरहित बराबरी नतिजा निकाले । मेइन्ज ८ अंकका साथ पुछारमा कायम रहँदा १२ अंक जोडेको सेन्ट पाउली १६ औं स्थानमा छ । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I