मंसिर ३०, २०८२ मंगलबार | ११:४९:४१
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी

काठमाडौं । ८ गोलको वर्षा भएको खेलमा गएराति म्यानचेस्टर युनाइटेडले बर्नमाउथसँग ४–४ को निराशाजनक बराबरी नतिजा निकालेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा विजयविमुख भएपछि रुबेन एमोरिनको टोली चौथो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने अवसरमा चुक्यो ।

शीर्ष चारका सबै टोलीले जित हासिल गरेको साता आफू भने बराबरीमा सीमित भएपछि युनाइटेड १६ खेलमा २६ अंक जोड्दै छैटौं स्थनमा सीमित छ । चौथो स्थानको चेल्सीको खातामा २८ अंक छ । ओल्ड ट्राफोर्डमा गएर एक अंक खोसेको बर्नमाउथ भने २१ अंकका साथ १३ औं स्थानमा छ ।

अमाद दियालोको गोलमा १३औं मिनेटमा युनाइटेडले अग्रता लिएको थियो । तर भ्रमणकारी टोलीका एन्टोनी सेमेन्योले एडम स्मिथको पासलाई गोलमा परिणत गर्दै मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्याए ।

कासेमिरोको गोलमा रुबेन एमोरिनको टोलीले पहिलो हाफमै पुन अग्रता लियो । इन्ज्युरी समयको चौथो मिनेटमा ब्रुनो फर्नान्डेजको पासलाई गोलमा परिणत गर्दै कासेमिरोले युनाइटेडलाई २–१ को अग्रता दिलाएका थिए ।  

त्यो पनि लामो समय टिकेन । मध्यान्तरपछिको दोस्रो मिनेटमै इभानिल्सनले बर्नमाउथका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । इभानिल्सनले मार्कुस टाभेर्नियरको पासलाई गोलको दिसा दिएका थिए ।

युनाइटेडको मैदानमा अब अग्रता लिने पालो थियो, बर्नमाउथको । भ्रमणकारी टोलीले टाभेर्नियरकै गोलमा ५२ औं मिनेटमा बर्नमाउथलाई ३–२ ले अगाडि बढाए ।

युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलमार्फत ७७ औं मिनेटमा खेल बराबरीमा ल्यायो । त्यसपछि म्याथुज कुन्हाले लगत्तै दुई मिनेटपछि गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

पालैपालो गोलको वर्षा भएको खेलमा समय सकिन ६ मिनेट बाँकी रहँदा बर्नमाउथले युनाइटेडको जित खोस्यो । बैकल्पिक खेलाडी इली जुनियर क्रुप्लले गोल गरेपछि युनाइटेडको तीन अंक एकतर्फी पार्ने सम्भावना सकिएको थियो । 


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team