माघ ८, २०८२ बिहीबार | २०:०१:२६
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी

काठमाडौं । ८ गोलको वर्षा भएको खेलमा गएराति म्यानचेस्टर युनाइटेडले बर्नमाउथसँग ४–४ को निराशाजनक बराबरी नतिजा निकालेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु ओल्ड ट्राफोर्ड मैदानमा भएको खेलमा विजयविमुख भएपछि रुबेन एमोरिनको टोली चौथो स्थानको चेल्सीसँग अंक बराबरी गर्ने अवसरमा चुक्यो ।

शीर्ष चारका सबै टोलीले जित हासिल गरेको साता आफू भने बराबरीमा सीमित भएपछि युनाइटेड १६ खेलमा २६ अंक जोड्दै छैटौं स्थनमा सीमित छ । चौथो स्थानको चेल्सीको खातामा २८ अंक छ । ओल्ड ट्राफोर्डमा गएर एक अंक खोसेको बर्नमाउथ भने २१ अंकका साथ १३ औं स्थानमा छ ।

अमाद दियालोको गोलमा १३औं मिनेटमा युनाइटेडले अग्रता लिएको थियो । तर भ्रमणकारी टोलीका एन्टोनी सेमेन्योले एडम स्मिथको पासलाई गोलमा परिणत गर्दै मध्यान्तर हुन पाँच मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्याए ।

कासेमिरोको गोलमा रुबेन एमोरिनको टोलीले पहिलो हाफमै पुन अग्रता लियो । इन्ज्युरी समयको चौथो मिनेटमा ब्रुनो फर्नान्डेजको पासलाई गोलमा परिणत गर्दै कासेमिरोले युनाइटेडलाई २–१ को अग्रता दिलाएका थिए ।  

त्यो पनि लामो समय टिकेन । मध्यान्तरपछिको दोस्रो मिनेटमै इभानिल्सनले बर्नमाउथका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । इभानिल्सनले मार्कुस टाभेर्नियरको पासलाई गोलको दिसा दिएका थिए ।

युनाइटेडको मैदानमा अब अग्रता लिने पालो थियो, बर्नमाउथको । भ्रमणकारी टोलीले टाभेर्नियरकै गोलमा ५२ औं मिनेटमा बर्नमाउथलाई ३–२ ले अगाडि बढाए ।

युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलमार्फत ७७ औं मिनेटमा खेल बराबरीमा ल्यायो । त्यसपछि म्याथुज कुन्हाले लगत्तै दुई मिनेटपछि गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

पालैपालो गोलको वर्षा भएको खेलमा समय सकिन ६ मिनेट बाँकी रहँदा बर्नमाउथले युनाइटेडको जित खोस्यो । बैकल्पिक खेलाडी इली जुनियर क्रुप्लले गोल गरेपछि युनाइटेडको तीन अंक एकतर्फी पार्ने सम्भावना सकिएको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate