काठमाडौं । सोमबारबाट पुनः सुचारु भएको एन्फा यु-१६ युथ लिगमा हिमालयन शेर्पा क्लबले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६-० को सानदार जित हासिल गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालमा शेर्पाको जितमा विशु सुनुवारले ह्याट्रिक गोल गरे । त्यस्तै किशोर बम, विवेक हमाल र जेनील सुब्बाको नाममा एक गोल रह्यो । विशुले पहिलो हाफमा ह्याट्रिकको उपलब्धि हासिल गरेका थिए ।
गत भदौ २३ गते जेनजी आन्दोलनले विकराल रुप लिँदा एन्फाले यो लिगसँगै अन्य गतिविधिहरु अनिश्चितकालका लागि स्थगित गरेको थियो । त्यसपछि असोज ६ गते एन्फाले परिमार्जित क्यालेन्डर सार्वजनिक गर्दै रोकिएको लिग कार्तिक १७ गतेबाट पुनः सुचारु भई मंसिर २ गतेसम्म चल्ने कुरा उल्लेख गरेको थियो ।
तर, कार्तिक १६ गते एन्फाले लिग पुनः स्थगित गरिएको जानकारी गराएको थियो । अन्ततः सोमबारबाट लिग सुचारुमा आएको हो ।
