काठमाडौं । ग्रासरुट फुटबल प्रवद्र्धनमा सक्रिय सुवास न्यौपाने नेपाल स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित भएका छन् ।
टिपटो स्पोर्ट्स एकेडेीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) न्यौपानेलाई विद्यालयस्तरको खेलकुद विकासका लागि काम गर्ने नेपाल स्कुल स्पोर्ट्स फेडेरेशनले अध्यक्षको जिम्मेवारी दिएको हो ।
न्यौपानेको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘फुटबल यात्री’ अभियानले देशका विभिन्न दुर्गम जिल्लामा ग्रासरुट फुटबल क्याम्प आयोजना गर्दै बालबालिकालाई खेलतर्फ आकर्षित गर्ने काम गरिरहेको छ ।
हालै फुटबल यात्री अभियानले लमजुङमा फुटबल क्याम्प आयोजना गरेको थियो । जहाँ स्थानीय विद्यालयका विद्यार्थीलाई आधारभूत प्रशिक्षण दिइएको थियो ।
यसअघि सिन्धुपाल्चोक, धादिङ, झापा, जुम्ला, मुगु र कैलालीलगायत जिल्लामा पनि क्याम्प आयोजना गर्दै आएको अभियानले प्रतिभा पहिचान र खेलकुद शिक्षालाई प्राथमिकता दिँदै आएको छ ।
त्यस्तै टिपटो एकेडेमीका यु–१२ र यु–१४ का बालबालिकाले जनवरीमा थाइल्यान्डमा सम्पन्न एसिया फुटसल च्याम्पियनसिपमा सहभागिता जनाएको थियो ।
न्यौपानेको अध्यक्षतामा विद्यालय खेलकुद संरचना अझ सदृढ हुने अपेक्षा गरिएको छ ।
