फाल्गुन १९, २०८२ मंगलबार | २२:४७:५१
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

साफ यु-१७ च्याम्पियनसिपः नेपालको अर्को भेट बंगलोदशसँगै, अपेक्षा सकारात्मक नतिजाको

काठमाडौं । भुटानमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१७ च्याम्पियनसिपमा आइतबार नेपाल साबिक विजेता बंगलादेशसँग पराजित भयो । थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले नेपालको पोस्टमा तीन गोल गर्यो । जवाफमा नेपालले एक गोल पनि गर्न सकेन ।

तुलनात्मक रुपमा बलियो बंगलादेशले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । स्ट्राइकर थुइनुए मार्माले पेनाल्टी बक्सभित्र अनियन्त्रित नेपालको रक्षापङ्क्तिको फाइदा उठाउँदै बललाई टप कर्नरको जाली चुमाईन् । त्यसअघि दुई पटक बंगलादेश गोलको निक्कै करिब आएर पनि अग्रता लिनबाट बञ्चित बनेको थियो ।

गोलको डेडलक तोडिएको चार मिनेटपछि नै बंगलादेशले अग्रतालाई दोब्बर बनायो । निर्धारित हाफको अन्तिम मिनेटमा नेपाली टोली सम्हालिन सकेन । थ्रो इनबाट सृजित स्ट्राइकार अल्पि अक्तरको आक्रमणलाई गोलकिपर लक्ष्मी ओलीले बक्स बाहिर आएर बचाउन कोशिश गरेकी थिइन् । जसमा उनी असफल भइन् । त्यसपछि अर्का स्ट्राइकर सौरभी अकान्दा प्रीतिले खाली पोस्टमा सहज गोल गरिन् ।

दोस्रो अल्पिलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेकी मिडफिल्डर रेयाले निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा सुन्दर गोल गर्दै बंगलादेशलाई जित दिलाए । रेयाले गोलका लागि प्रहार गर्नुअघि लक्ष्मी र राइट ब्याक ग्यान्सु डोल्मा लोलाई छक्याएकी थिइन् ।

हारपछि नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो गोल खाएपछि खेलाडीको मनोबल घटेको प्रतिक्रिया दिए । श्रेष्ठले भने, ‘नेपाली फुटबलको यो पुरानो परम्परा हो, गोल खाइसकेपछि मनोबल घटाइहाल्ने । आज पनि त्यस्तै भयो । हामीले पहिलो गोल खाएलगत्तै दोस्रो गोल हुन समय लागेन ।’

उसोत नेपालले गोलका अवसर प्राप्त नगरेको भने होइन । दुई गोलले पछाडि परेको अवस्थामा नेपाल दुई पटक गोलको निक्कै करिब पुगेको थियो । ५५औं मिनेटमा उप–कप्तान सहारा लिम्बूले बक्स भित्रबाट गरेको राइट फुटेड प्रहार गोलपोस्टमा लागेर बाहिरिएको थियो । उनका सेन्ट्रल मिडफिल्ड जोडी रवीना बिकको सुन्दर थ्रु पासमा नेपालले बंगलादेशसामू पहिलो खतरा बुनेको थियो ।

चार मिनेटपछि नेपालले गोलको उपहारलाई खेरा फाल्यो । यसपाली सहाराले ‘वान भर्सेस वान’मा गोलकिपर मोसम्मत येर्जन बेगुमलाई ‘बिट’ गर्न सकिनन् । पहिलो हाफमा स्ट्राकयर यमकुमारी बिकलाई प्रतिस्थापन गर्दै मैदानमा प्रवेश गरेकी मिडफिल्डर दिकी स्याङबो लामाले सहारालाई सुन्द्यर थ्रु पास मिलाइदिएकी थिइन् । सहाराले पनि बंगलादेशको ‘अफसाइड ट्रयाप’लाई बिट गरेकी थिइन् । तर, अन्तिम टच भारी भएपछि नेपालले पुनः एकपटक गोल फर्काउन सकेन । यो नै गोलका लागि नेपालले बुनेको अन्तिम आक्रमण थियो ।

तीन सुनौलो अवसरमा गोलपोस्ट बाधक बन्दा बंगलादेशले तीन गोलमा चित्त बुझाएको हो । प्रतियोगितामा बंगलादेशको यो दोस्रो जित हो । पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको बंगलादेशले अघिल्लो खेलमा भारतसँग २-० को पराजय बेहोरेको थियो । नेपालविरुद्ध बंगलादेश बढीभन्दा बढी गोल गर्ने दाउका साथ मैदानमा उत्रिएको थियो ।

डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने ‘सेट अप’ छ । पहिलो खेलमा भारतसँग ७-० को नमिठो हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलमाथि २-१ को जित हासिल गरेको थियो ।

आइतबार सहभागी चार टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्दा भारत स्पष्ट ९ अंकका साथ शीर्ष स्थानमा छ । लगातार दोस्रो संस्करण च्याम्पियन बन्ने लक्ष्यका साथ थिम्पु आएको बंगलादेश भारतलाई पछ्याइरहेको छ ।  नेपाल तेस्रो स्थानमा छ ।

नेपालले बुधबार आफ्नो चौथो खेलमा बंगलादेशसँग नै खेल्नेछ । दोस्रो लेगको यो भिडन्तका लागि नेपालसँग दुई दिनको आराम समय हुनेछ । बंगलादेशसँग लगातार दोस्रो खेलमा हार बेहोर्ने छुट नेपाललाई छैन । यदि यसो हो भने नेपाल उपाधि समीकरणबाट बाहिरिनेछ । बंगलादेशविरुद्ध सकारात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ ?

प्रशिक्षक श्रेष्ठ बुधबार आवश्यक तयारी गरेर आउने दाबी गर्छन् । भन्छन्, ‘हामीसँग दुई दिनको समय छ । आजको खेलमा भएका कमि कमजोरीलाई सच्याउने छौं नै खेलाडीको मनोबल उच्च पारेर मैदानमा जित्ने गरि प्रस्तुत हुनेछौं ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||