फाल्गुन १९, २०८२ मंगलबार | २२:४६:५५
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

नेपालका लागि भुटान सहज प्रतिद्वन्दी होइन

साफ यु-१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्नुअघि नेपाली टोलीको अभ्यास तस्वीर: अनुप महर्जन/खेलाडी

थिम्पु। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भुटानको सामना गर्दैछ । खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशलामा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

भुटानविरुद्ध मैदानमा उत्रिरहँदा नेपालको एउटै लक्ष्य रहनेछ, त्यो हो स्पष्ट तीन अंक हासिल गर्ने । तर, यो कुरा त्यति सहज छैन । आफ्नो पहिलो खेलमा बुधबार भारतसँग ७-० को नमिठो हार बेहोरेको नेपालका लागि भुटान सहज प्रतिद्धन्द्धी होइन ।

भुटानले आफ्नो पहिलो खेलमा बलियो बंगलादेशविरुद्ध तारिफयोग्य प्रदर्शन गरेको थियो । यद्यपि खेल बंगलादेशको पक्षमा गएको थियो । बंगलादेशविरुद्ध गरेको प्रदर्शन नेपालविरुद्ध भुटानलाई प्रेरणाको स्रोत बन्न सक्छ । अनि भुटानलाई घरेलु समर्थकको साथ पनि हुनेछ । जसले नेपाललाई गाह्रो बनाउन सक्छ ।

व्यवहारिक कुरालाई बिर्सने हो भने पनि भुटान नेपालभन्दा कमजोर टोली भने पक्कै होइन । यी दुई आठ महिनापछि फेरि एकपटक आमने-सामने हुँदैछन् । पछिल्लो भेटमा नेपालले भुटानविरुद्ध लज्जास्पद हार बेहोरेको थियो । नेपालले दशरथ रंगशालामा भुटानको यु-१६ टोलीलाई आतिथ्य गरेको थियो । जतिबेला नेपालको पोस्टमा भुटानले पाँच गोल गर्यो । जवाफमा नेपालले एक गोल मात्र फर्काउन सकेको थियो ।

नेपालविरुद्ध समान दुई गोल गरेका मिडफिल्डर छिरिङ ल्हामो र कुइदेन सोनाम सोग्या शुक्रबारको खेलमा पनि प्रमुख खेलाडी रहनेछन् । बुधबार यी दुईसँगै एक गोल गरेका विंगर युगेन सोमो बंगलादेशविरुद्ध पहिलो रोजाईमै मैदानमा उत्रिएका थिए ।

गत वर्षको मार्च महिनामा सम्पन्न साफ यु-१६ च्याम्पियनसिपमा भने नेपालले भुटानलाई ३-० ले निराश पारेको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले गोल गरेका थिए । अट्याकिङ मिडफिल्डर तथा कप्तान भूमिका र राइट ब्याक ग्यान्सु डोल्मा दुबैले भारतविरुद्ध पहिलो रोजाईमा खेलेका थिए ।

भुटानसँगको मैत्रीपूर्ण खेलमा प्रतिनिधित्व गरेका अधिकांश खेलाडी अहिले टोलीमा छन् । सबैलाई थाहा छ, भुटान अब पहिले जस्तो नरहेको यथार्थ । त्यसैले शुक्रबार भुटानलाई सहज तरिकाले नलिने टोलीका अट्याकिङ मिडफिल्डर बबतिका कार्की बताउँछिन् ।

साफ यु-१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्नुअघि नेपाली टोलीको अभ्यासतस्वीर: अनुप महर्जन/खेलाडी

‘सहभागी चार टोलीमध्ये भुटान तुलनात्मक रुपमा कमजोर टोली मान्ने गरिन्छ । तर, हामी भुटानलाई सहज रुपमा लिँदैनौं,’ बबतिका भन्छिन्, ‘हामीसँग अनुभवी खेलाडी छन् । त्यसैले भुटानको चुनौतीका लागि तयार छौं ।’

तल्लो उमेर समूहको साफ च्याम्पियनसिपमा भुटान र छैटौं पटक भिड्दैछन् । पछिल्ला पाँच भेटमा नेपालले समान दुई जित र बराबरी खेल्दा एक खेलमा हार बेहोरेको इतिहास छ । चाङ्लिमिथाङ रंगशालामा नेपाल र भुटान तेस्रो पटक खेल्दैछन् । नेपालले भुटानसँग एक मात्र हार यही रंगशालामा बेहोरेको थियो । सन् २०१८ (दोस्रो संस्करण)मा भुटानले घरेलु समर्थक अगाडि तेस्रो स्थानको भिडन्तमा नेपाललाई हराएको थियो । खेलको निर्धारित समय २-२ को बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुटआउटमा भुटान ४–३ ले विजयी भएको थियो ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||