काठमाडौं । नखिपोट युथ क्लबको आयोजनामा तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ र ४ गते हुने भएको छ ।
प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए ।
प्रतियोगिताका विजेताले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख २९ हजार रुपैयाँ खर्च हुने क्लबका कोषाध्यक्ष सुजन राईले बताए ।
दुई दिने प्रतियोगिता नखिपोटस्थित फुटसल भिलेजमा हुनेछ । क्लबले बास्केट र फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video