कार्तिक ८, २०८२ शनिबार | ०५:५८:०२
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै

इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओउमाया काेडिएडललाई अनुबन्ध गरेको छ ।

काठमाडौंले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा मिडल ब्लकर कोडिएललाई भित्र्याएको हो । टोलीले यसअघि नै बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना अलेना कोलोतीजिनालाई अनुबन्ध गरिसकेको छ ।

एक दशक भन्दा लामो समय भलिबलमा बिताइसकेकी कोडिएलले विशेषगरी मिडल ब्लकरको रूपमा खेल्दै आएकी छन् । उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन् ।

मोरोक्कोमा जन्मिएकी कोडिएल इटली सरेपछि उनले त्यहीबाट खेल्न थालेकी हुन् । उनले साउदी अरेवियाको अल इतिहाद एफसी, मोरोक्कोको अमान मार्राकेच र इटलीको सिर्देको पेस्काराजस्ता टिमबाट व्यावसयिक भलिबल खेलेकी छन् ।

कोडिएलले सन् २०१९ मा मोरोक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्स तथा सन् २०२१ मा अफ्रिकन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

कोडिएलले पहिलो पटक नेपालमा लिग खेल्न  निकै उत्साहित रहेको बताइन् । ‘नेपालको एभरेस्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो । पहिलो पटक नेपाल जाँदैछु र देश बारे बुझ्न, फ्यानहरूलाई भेट्न र मैदानमा आफ्नोतर्फबाट उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु’, उनले भनिन् ।

तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि काठमाडौंको टिममा खेलाडी संख्या ११ पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्कीमा निरन्तरता दिएको काठमाडौंले अक्सनबाट सात खेलाडी अनुबन्ध गरेको थियो ।

काठमाडौंले अक्सनबाट मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्दलाई भित्र्याएको हाे ।  

दोस्रो संस्करणका लागि काठमाडौंले लोकबहादुर बुढालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा एइडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म हुँदैछ ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain