काठमाडौं । विभागीय टोली नेपाल पुलिस पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा जावलाखेल युथ क्लबविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै लिग लिडर पुलिसले १३ खेलमा ३४ अंक जोडेको छ । पराजित जावलाखेल समान खेलबाट १६ अंकका साथ आठौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान पुलिसलाई जित दिलाउन समीर कुमारले दुई तथा प्रसन राईले गोल गरे ।
खेलको ३५औं मिनेटमा प्रसनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । ७८औं मिनेटमा समीरले टोलीको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा समीरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
आइतबारै सम्पन्न खेलमा एपिएफले सातदोबाटोलाई ५-० ले पराजित गर्दा संकटा र हिमायलयन शेर्पा १-१ को बराबरीमा रोकिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?