श्रावण २६, २०८२ सोमबार | १४:४६:३२
टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित टिपटोलाई हिमालय स्मृति फुटसलको उपाधि स्वदेश फर्कियो यु-२० महिला फुटबल टोली इन्टर मियामीविरुद्ध ओर्लान्डो सिटीको सहज जित दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित

नेपालको पोस्टमा कोरियाको ११ गोल, एसियन कप पुग्ने सपना समाप्त

काठमाडौं । अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भएको छ ।

आइतबार समूह ‘ए’को अन्तिम तथा निर्णायक खेलमा बलियो उत्तर कोरियासँग ११-० को फराकिलो हार बेहोरेसँगै नेपालको चुनौती समाप्त भएको हो ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा एसियन कपको साविक विजेता कोरियाले पहिलो हाफमा ५ गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा ६ गोल भए ।

जितसँगै कोरियाले तीन खेलमा स्पष्ट ९ अंक जोड्दै एसियन कपमा स्थान सुरक्षित गर्यो । कोरिया लगातार तेस्रो खेलमा दोहोरो अंकमा गोल गर्न सफल भयो । पहिलो खेलमा साउदी अरेबियालाई १५-० ले हराएको कोरियाले शुक्रबार दोस्रो खेलमा घरेलु टोली भुटानमाथि १०-० को अर्को सानदार जित हासिल गरेको थियो ।

कोरियालाई हराउँदो हो त नेपालले एसियन कपमा स्थान बनाउने समीकरण बनेको थियो । तर, नेपाली टोली खेल अवधिभर निरीह देखियो । विपक्षी आक्रमणलाई रोक्न नेपाली खेलाडीलाई हम्मे परेको थियो ।

हारसँगै नेपालले तीन खेलमा चार अंक जोड्दै भुटानको यात्रा टुंग्याएको छ । गोलका लागि संघर्षरत नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग १-१ को बराबरी खेलेको थियो । शुक्रबार सम्पन्न दोस्रो खेलमा नेपालले साउदी अरेबियाविरुद्ध १-० को कठिन जित हासिल गरेको थियो ।

दिनको दोस्रो खेलमा भुटान र साउदी अरेबिया आमने–सामने हुँदैछन् । दुबै एसियन कप समीकरणबाट बाहिरिसकेका छन् । साउदी अरेबियालाई हराए भुटानले दोस्रो स्थान सुरक्षित गर्नेछ ।

सिंगल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि कोरियाले शीर्ष स्थानमा रहँदै थाइल्यान्डको टिकट काटेको हो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?