चैत्र ७, २०८२ शनिबार | २३:२८:५०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फिफा रेफ्रीनै ब्याचविहिन

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेफ्रीको भुमिका निकै विवादित बनिरहेको छ । यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) र रेफ्री विभागले आफूलाई उपयुक्त समयमा फिटनेश टेष्ट नलिएको र उल्टै नेतृत्वबाट अपहेलित भएको भन्दै फिफा रेफ्रीको टिमले राजीनामै दिए ।

केही हदसम्म एन्फाले लचकता अपनाएपछि रेफ्रीहरु लिग खेलाउन तयार भए । तर, रेफ्री डाईरेक्टर समेत रहेका भारतीय गौतम कौरले फिफा रेफ्रीलार्ई प्रतिशोधका कारण लिगमा कम अवसर दिएका छन् । सो प्रकरणपछि शीर्ष डिभिजनको लिगमा ‘सी’ डिभिजन लिग समेत नखेलाएका रेफ्रीबाट खेल संचालनमा ल्याउँदै आएका छन् ।

प्रशिक्षकहरुले प्रत्येक खेलमा अनुभवविहिन रेफ्रीबाट खेल संचालन भइरहेको र त्यसले आफूहरुको नतिजा प्रभावित बनेको आरोप लगाउँदा समेत एन्फाले देखाएको छैन ।

जारी लिगको सातौं चरणमा आईपुग्दा रेफ्रीको फिफा ब्याचको समयावधि सकिएसँगै रेफ्रीहरु ब्याचविहिन भएका छन् ।

सातौं चरणको पहिलो दिन शुक्रबार ब्याचसहित मैदान उत्रिएका रेफ्रीहरु शनिबारको खेलमा भने ब्याचविहिन भए ।

नयाँ वर्षसँगै ब्याच नविकरण नभइसकेकाले शनिबारबाट रेफ्रीहरु ब्याचविहिन हुँदै खेल खेलाउन बाध्य भएका हुन् ।

‘ब्याच नपाएका कारण हामीले ब्याचविहिन भएर खेलाइरहेका छौं,’ नाम नखुलाउने शर्तमा एक रेफ्रीले भने ।

फिफाले प्रत्येक वर्ष फिटनेश टेस्ट लिँदै रेफ्रीहरुको ब्याच नविकरण गर्दै आएको छ ।

हाल नेपाललमा फिफा रेफ्रीको कोटा १२ रहेको छ । जसमा दुई महिला र १० पुरुष रेफ्री छन् ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने फिफाले ब्याच नपठाएको कारण रेफ्रीहरु ब्याचविहिन भएको बताउँछन् ।  

‘फिफाले नै ब्याच नपठाएका कारण रेफ्रीहरु ब्याचविहिन भएका हुन् । फिफाले जनवरीको सुरुआतमै पठाउनु पर्ने हो तर अहिलेसम्म आएको छैन्,’ महासचिव तुलाधरले भने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो