माघ १७, २०८२ शनिबार | १४:१४:४५
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

फिफा रेफ्रीनै ब्याचविहिन

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेफ्रीको भुमिका निकै विवादित बनिरहेको छ । यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) र रेफ्री विभागले आफूलाई उपयुक्त समयमा फिटनेश टेष्ट नलिएको र उल्टै नेतृत्वबाट अपहेलित भएको भन्दै फिफा रेफ्रीको टिमले राजीनामै दिए ।

केही हदसम्म एन्फाले लचकता अपनाएपछि रेफ्रीहरु लिग खेलाउन तयार भए । तर, रेफ्री डाईरेक्टर समेत रहेका भारतीय गौतम कौरले फिफा रेफ्रीलार्ई प्रतिशोधका कारण लिगमा कम अवसर दिएका छन् । सो प्रकरणपछि शीर्ष डिभिजनको लिगमा ‘सी’ डिभिजन लिग समेत नखेलाएका रेफ्रीबाट खेल संचालनमा ल्याउँदै आएका छन् ।

प्रशिक्षकहरुले प्रत्येक खेलमा अनुभवविहिन रेफ्रीबाट खेल संचालन भइरहेको र त्यसले आफूहरुको नतिजा प्रभावित बनेको आरोप लगाउँदा समेत एन्फाले देखाएको छैन ।

जारी लिगको सातौं चरणमा आईपुग्दा रेफ्रीको फिफा ब्याचको समयावधि सकिएसँगै रेफ्रीहरु ब्याचविहिन भएका छन् ।

सातौं चरणको पहिलो दिन शुक्रबार ब्याचसहित मैदान उत्रिएका रेफ्रीहरु शनिबारको खेलमा भने ब्याचविहिन भए ।

नयाँ वर्षसँगै ब्याच नविकरण नभइसकेकाले शनिबारबाट रेफ्रीहरु ब्याचविहिन हुँदै खेल खेलाउन बाध्य भएका हुन् ।

‘ब्याच नपाएका कारण हामीले ब्याचविहिन भएर खेलाइरहेका छौं,’ नाम नखुलाउने शर्तमा एक रेफ्रीले भने ।

फिफाले प्रत्येक वर्ष फिटनेश टेस्ट लिँदै रेफ्रीहरुको ब्याच नविकरण गर्दै आएको छ ।

हाल नेपाललमा फिफा रेफ्रीको कोटा १२ रहेको छ । जसमा दुई महिला र १० पुरुष रेफ्री छन् ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले भने फिफाले ब्याच नपठाएको कारण रेफ्रीहरु ब्याचविहिन भएको बताउँछन् ।  

‘फिफाले नै ब्याच नपठाएका कारण रेफ्रीहरु ब्याचविहिन भएका हुन् । फिफाले जनवरीको सुरुआतमै पठाउनु पर्ने हो तर अहिलेसम्म आएको छैन्,’ महासचिव तुलाधरले भने ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।