काठमाडौं । संकटा क्लबले एन्फा यु-१६ युथ लिगको आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबविरुद्ध ५-० को सानदार जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा संकटालाई जित दिलाउन पेम्बा लामाले दुई तथा करण बहुल, सुमित बलम्पाकी र प्रजलकुमार लुम्रेले समान एक गोल गरे ।
खेलको १५औं मिनेटमा करणको गोलमार्फत संकटाले अग्रता लिएको थिया । ९ मिनेटपछि नै सुमितले टोलीको अग्रता दोब्बर बनाए ।
प्रजलले ३२औं मिनेटमा संकटाका लागि तेस्रो गोल गरे । ६०औं मिनेटमा पेम्बले गोल गर्दा संकटा ४-० ले अगाडि बढ्यो ।
त्यसको ६ मिनेटपछि नै पेम्बाले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ५-० को सानदार दिलाए ।
भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING