चैत्र ९, २०८२ सोमबार | ११:३४:३२
सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी

एन्फाको २२ गते बस्ने बैठकका लागि १९ एजेन्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पुस २२ गते बस्ने कार्यसमित बैठकमा १९ एजेन्डामा छलफल हुने भएको छ । एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलगायत कार्यसमिति सदस्यले माग गरेपछि बस्न लागेको बैठकका लागि बिहीबार महासचिवले एजेन्डा पठाएका हुन्

एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा पनि छन् ।

बरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै पुस १ गते गरेको थियो । एन्फाको कार्यसमितिमा १७ सदस्य छन् ।

एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ । र, बैठक बस्ने ७ दिन अगाडि एजेन्डा पठाइसक्नु पर्ने विधानमा उल्लेख छ ।

कार्यसमितिलाई एजेन्डा पठाइसकेपछि दुई दिनभित्र सदस्यले चाहेका विषय सचिवालयसमक्ष प्रस्ताव गर्नुपर्छ । त्यसरी प्रस्ताव गरेका विषय एजेन्डामा समावेश भए/नभएको जानकारी सचिवालयले २ दिनभित्र प्रस्तावकलाई जानकारी दिनुपर्ने पनि उल्लेख छ ।

यो पनि पढ्नुहोस्:

एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यहरूलाई बिहीबार पठाएको एजेन्डामा उल्लेख भएका १९ बुँदाहरू यस्ता छन्:

१) नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने सम्बन्धमा ।
२) राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन गर्ने सम्बन्धमा । 
३) शहिद स्मारक 'ए', 'बी' र 'सी' डिभिजन लीग प्रतियोगिता सम्बन्धमा । 
४) महिला राष्ट्रिय लिग सम्बन्धमा । 
५) विभिन्न समिति तथा उप-समितिहरुको गठन तथा पनर्गठन सम्बन्धमा । 
६) आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा । 
७) राष्ट्रिय टिम बिदेश भ्रमणमा जांदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक
एवम अफिशियलहरुको सेवा सुबिधा सम्बन्धमा । 
८) फिफाद्धारा प्रदान गरीएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु पलना गर्ने सम्बन्धमा । 
९) बिभिन्न निर्माण कार्यहरुबाट बांकी रकम सदुपयोग गर्ने तथा फिजियो थेरापिको समान खरीद गर्ने
सम्बन्धमा । 
१०) एन.एस.एल.को सम्झौता सम्बन्धमा । 
११) जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा । 
१२) जिल्ला तथा प्रदेश फुटबल संघ लगाएत अन्य सदस्य संघहरु (खेलाडी, रेफ्री, प्रशिक्षक तथा
महिला)को निर्वाचन तथा साधारण सभा (कंग्रेस) बैठक सम्बन्धमा । 
१३) संघको नियमित साधारण सभा (एन्फा कंग्रेस) बैठक सम्बन्धमा । 
१४) निर्वाचन निर्देशिका सम्बन्धमा । 
१५) आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
१६)  संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क सम्बन्धमा ।
१७) संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्झन गर्ने सम्बन्धमा ।
१८) वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
१९) विविध ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो