माघ १८, २०८२ आइतबार | १५:०६:३९
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

एन्फाको २२ गते बस्ने बैठकका लागि १९ एजेन्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पुस २२ गते बस्ने कार्यसमित बैठकमा १९ एजेन्डामा छलफल हुने भएको छ । एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलगायत कार्यसमिति सदस्यले माग गरेपछि बस्न लागेको बैठकका लागि बिहीबार महासचिवले एजेन्डा पठाएका हुन्

एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेका थिए । बैठक माग गर्नेमा चार सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामा पनि छन् ।

बरिष्ठ उपाध्यक्ष नेम्वाङको नेतृत्वमा कार्यसमितिका सात जनाले बिहीबार दिउँसो सातदोबाटोस्थित एन्फा मुख्यालयमा संयुक्त पत्र दर्ता गराउँदै पुस १ गते गरेको थियो । एन्फाको कार्यसमितिमा १७ सदस्य छन् ।

एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ । र, बैठक बस्ने ७ दिन अगाडि एजेन्डा पठाइसक्नु पर्ने विधानमा उल्लेख छ ।

कार्यसमितिलाई एजेन्डा पठाइसकेपछि दुई दिनभित्र सदस्यले चाहेका विषय सचिवालयसमक्ष प्रस्ताव गर्नुपर्छ । त्यसरी प्रस्ताव गरेका विषय एजेन्डामा समावेश भए/नभएको जानकारी सचिवालयले २ दिनभित्र प्रस्तावकलाई जानकारी दिनुपर्ने पनि उल्लेख छ ।

यो पनि पढ्नुहोस्:

एन्फा महासचिव इन्द्रमान तुलाधरले कार्यसमिति सदस्यहरूलाई बिहीबार पठाएको एजेन्डामा उल्लेख भएका १९ बुँदाहरू यस्ता छन्:

१) नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कृत गर्ने सम्बन्धमा ।
२) राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल संचालन गर्ने सम्बन्धमा । 
३) शहिद स्मारक 'ए', 'बी' र 'सी' डिभिजन लीग प्रतियोगिता सम्बन्धमा । 
४) महिला राष्ट्रिय लिग सम्बन्धमा । 
५) विभिन्न समिति तथा उप-समितिहरुको गठन तथा पनर्गठन सम्बन्धमा । 
६) आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा । 
७) राष्ट्रिय टिम बिदेश भ्रमणमा जांदाको पेश्की सम्बन्धमा र खेलाडीहरु तथा टिममा सहभागी प्रशिक्षक
एवम अफिशियलहरुको सेवा सुबिधा सम्बन्धमा । 
८) फिफाद्धारा प्रदान गरीएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरु पलना गर्ने सम्बन्धमा । 
९) बिभिन्न निर्माण कार्यहरुबाट बांकी रकम सदुपयोग गर्ने तथा फिजियो थेरापिको समान खरीद गर्ने
सम्बन्धमा । 
१०) एन.एस.एल.को सम्झौता सम्बन्धमा । 
११) जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा । 
१२) जिल्ला तथा प्रदेश फुटबल संघ लगाएत अन्य सदस्य संघहरु (खेलाडी, रेफ्री, प्रशिक्षक तथा
महिला)को निर्वाचन तथा साधारण सभा (कंग्रेस) बैठक सम्बन्धमा । 
१३) संघको नियमित साधारण सभा (एन्फा कंग्रेस) बैठक सम्बन्धमा । 
१४) निर्वाचन निर्देशिका सम्बन्धमा । 
१५) आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
१६)  संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क सम्बन्धमा ।
१७) संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्झन गर्ने सम्बन्धमा ।
१८) वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
१९) विविध ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।