काठमाडौं । टोटनहमसँग ३-१ ले पराजित भएसँगै साउथह्याम्पटन इङ्लिस प्रिमियर लिगबाट रेगिगेसनमा परेको छ ।
यससँगै साउथह्याम्प्टन यो सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ । हारसँगै साउथह्याम्पटन३१ खेलमा १० अंकका साथ पुछारमा छ । अब बाँकी सबै खेल जिते पनि टोलीले १७औं स्थाममा रहेकाे उल्भरह्याम्पटनलाई उछिन्न सक्दैन ।
उल्भरह्याम्पटनको ३२ अंक छ । टोटनहम रंगशालामा आइतबार घरेलु टोली टोटनहमलाई जित दिलाउन बेर्नान्न जोनसन र म्याथिस टेलले गोल गरे । साउथह्याम्पटनका लागि म्याटियस फर्नान्डेसले गोल फार्कए ।
जोनसनले १३ र ४२औं मिनेटमा गोल गर्दा टोटनहमले २-० को अग्रता लिएको थियो । ९०औं मिनेटमा फर्नान्डेसले साउथह्याम्टनका लागि सान्त्वना गोल गरे ।
इन्जुरी समयमा टेललले पेनाल्टीमार्फत गोल गर्दै टोटनहमलाई ३-१ को सहज जित दिलाए ।
जितसँगै ३१ खेलमा ३७ अंक जोडेको टोटनहम १४औं स्थानमा छ ।