काठमाडौं । निकोलस पुरन र मिचेल मार्शको अर्धशतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्ससामू २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३८ रनको योगफल तयार पार्यो ।
लखनउका लागि पुरनले ३६ बलमा आठ छक्का र सात चौकाको मद्दतले अविजित ८७ रनको योगदान । यसैगरी मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ र एडियन मार्करमले ४७ रन बनाए ।
मार्शले पहिलो विकेटका लागि मार्करमसँग ९९ र दोस्रो विकेटका लागि पुरनसँग ७१ रनको साझेदारी गरेका थिए । यस्तै तेस्रो विकेटका लागि पुरन र अब्दुल समादबीच ५१ रनको साझेदारी भयो । समाद ६ रन बनाएर पभेलियन फर्किए ।
कोलकाताका लागि हर्षीत रानाले दुई र आन्द्रे रसेलले एक विकेट लिए ।
भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders