वैशाख ४, २०८२ बिहीबार | ०९:५०:००
धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे बिग्रेड ब्वाइजसँग बराबरीमा रोकियो झापा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे बिग्रेड ब्वाइजसँग बराबरीमा रोकियो झापा

हिमालयन र गण्डकी हिरोजको विजयी सुरुआत

पोखरा । हिमालयन क्रिकेट एकेडेमी र गण्डकी हिरोजले केपी ओली कप ट्वान्टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार सम्पन्न समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा हिमालयनले ग्रेट हिमालय क्रिकेट एकेडेमीमाथि दुई विकेटको जित हासिल गर्‍याे ।

ग्रेट हिमालयले प्रस्तुत गरेको १६३ रनको लक्ष्य हिमालयनले चार बल बाँकी रहँदा आठ विकेट गुमाउँदै पूरा गर्‍याे ।

हिमालयनका लागि सोनु देवकोटाले अविजित ३६,दीपक बोहराले ३३, दीपक चन्दले अविजित २७, खडक बोहराले १९, प्रकाश जैसीले १४ र कप्तान प्रतिस जिसीले १० रन बनाए ।

ग्रेट हिमालयका लागि सन्दीप पराजुली, किरण बुढामगर र कप्तान इशान पाण्डेले समान दुई तथा चन्द्रकान्त पौडेल र रुपेशकुमार श्रीवास्तवले समान एक विकेट लिए ।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको योगफल तयार पारेको थियो । ग्रेट हिमालयका लागि अभिषेक थापाले अविजित ४२, अशोक पौडेलले ३७, उत्ताकुमार थापामगरले १७, कृष कार्कीले १६, इशान पाण्डेले १४ र दीपक केवतले १३ रन बनाए ।

हिमालयनका लागि प्रतिस जिसी, प्रकाश जैसी दीपक बोहरा (बी) र सुवास खत्रीले समान दुई तथा दीपक चन्दले एक विकेट लिए ।

दोस्रो खेलमा गण्डकीले चितवन क्रिकेट क्लबविरुद्ध चार विकेटको जित दर्ता गर्‍याे ।

चितवनले प्रस्तुत गरेको १३६ रनको लक्ष्य गण्डकीले १३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे । गण्डकीका लागि सकिब हकले ४२, अर्जुन कुमालले ३७ र दीपक डुम्रेले १८ रन बनाए ।

पहिलो विकेटका लागि सकिब र अर्जुनले ७९ रनको साझेदारी गरेका थिए । चितवनका लागि कप्तान दिपेश श्रेष्ठले तीन तथा क्रिजन गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान एक विकेट लिए ।  

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पारेको थियो ।चितवनका लागि प्रतिक श्रेष्ठले ३९, सूर्यान्शु कोइरालाले अविजित १७ र गौतम केसीले १२ रन बनाए ।

गण्डकीका लागि सुदीप अर्यालले दुई तथा विपिन खत्री, कृष्ण पौडेल, कप्तान नारायण जोशी र मिलन बोहराले समान एक विकेट लिए । 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders