चैत्र ६, २०८२ शुक्रबार | २१:४५:१३
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखविरुद्ध समग्रमा ६-१ को सहज जित निकाल्दै आठ पटकको च्याम्पियन लियोनले युरोपियन महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

फ्रेन्च क्लब लियोनले बुधबार सम्पन्न दोस्रो लेगमा ४-१ को पुनरागमन जित निकाल्यो । पहिलो लेगमा टोलीले २-० ले विजयी भएको थियो ।

पार्क ओलम्पिक रंगशालामामा घरेलु टोली लियोनलाई जित दिलाउन मेलची डुमोर्ने, कडिडियातोउ डियानी, तबिता चाविङ्गा र एडा हेगरबर्गले गोल गरे । बायर्नका लागि क्लारा क्लारा बुहलले गोल गरिन् ।

खेलको ३३औं मिनेटमा बुहलको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै डुर्मोनीले लियोनलाई बराबरीमा ल्याइन् ।

डियानीले ५४औं मिनेटमा गोल गर्दा लियोन २-१ ले अगाडि बढ्यो । ६ मिनेटपछि चाविङ्गाले टोलीका लागि तेस्रो गोल गरिन् ।

इन्जुरी सामयमा हेगरबर्गले गोल गर्दा लियोन ४-१ ले विजयी भयो ।

फाइनल प्रवेशका लागि लियोनले इङ्लिस क्लब आर्सनलको सामना गर्नेछ ।  आर्सनलले स्पेनको रियाल मड्रिडविरुद्ध समग्रमा ३-२ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो