माघ ९, २०८१ बुधबार | १५:४२:३५
अस्ट्रेलियासँग नेपाल पराजित हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल अस्ट्रेलियासँग नेपाल पराजित हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै प्लेअफअघि एपिएफलाई हराउने अन्तिम मौका अस्ट्रेलियाको सामना गर्दै नेपाल

पुलिसको जितमा नवीनको ह्याट्रिक

सातदोबाटोविरुद्ध प्रतिस्पर्धा गर्दै नवीन गौतम (४ नम्बर जर्सी), तस्विरः एन्फा ।

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा युथ लिगमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध ८-० को एकतर्फी जित दर्ता गरेको छ ।

जितसँगै पुलिसले ६ खेलमा १३ अंक जोडेको छ । पराजित सातदोबाटोको समान खेलबाट ६ अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुखयालय मैदानमा पुलिसलाई जित दिलाउन नवीन गौतमले ह्याट्रिक गरे । यसैगरी समीर कुमारले दुई तथा समीर राई, किरणराज गिरी र रोहन पोख्रेल मगरले समान एक गोल गरे ।

खेलको तेस्रो मिनेटमै समीर कुमारको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । तीन मिनेटपछि नै समीर राईले टोलीको अग्रता दोब्बर बनाए ।

गोलको खुसीयाली मनाउँदै पुलिसका खेलाडी , तस्विरः एन्फा । 

समीर कुमारले ११औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । आठ मिनेटपछि समी कुमार पेनाल्टीमा चुक्दा पुलिसले अग्रता फराकिलो बनाउने अवसर गुमायो ।

नवीनले ५९ र ७२औं मिनेटमा गोल गर्दा पुलिसको अग्रता ५-० मा पुग्यो । ७३औं मिनेटमा किरणले टोलीका लागि छैटौं गोल गरे ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा रोहनले गोल गर्दा पुलिसको अग्रता ७-० मा पुग्यो । इन्जुरी समयमा नवीनले ह्याट्रिक पूरा गर्दै पुलिसलाई ८-० को सानदार जित दिलाए ।


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए