माघ ९, २०८१ बुधबार | १८:१६:४३
आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै

अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो

अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपालकी कप्तान पूजा महतो, तस्विरः क्यान ।

काठमाडौं । नेपालले आइसिसी यु-१९ ट्वान्टी-२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको छ । बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो ।

यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ । यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ ।

यता लागतार ते्रस्रो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ को विजेताका रूपमा सुपर सिक्स प्रवेश गरेको छ । अस्ट्रेलियाले यसअघि स्कटल्यान्डलाई ९ र बंगलादेशलाई दुई विकेटले पराजित गरेको थियो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महताले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

अस्ट्रेलियाका लागि लिली बासिङथ्वाइट, जुलिएट मोर्टन र हसरत गिलले समान दुई र क्लो एन्वर्थले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान तीन चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरिन् । यसैगरी एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रन बनाए ।

नेपालका लागि कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए । 
 


भिडियो
गौरीटार अब नेपाली खेलकुदको हब बन्दै II GAURITAR CENTRAL ACADEMY II FOOTBALL II CRICKET II VOLLEYBALL
WORLD CUP मा MEDAL जितेर फर्केका KHO KHO टोलीले कति पाउँछ पुरस्कार ? खेलकुद ऐनले के भन्छ ?
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए