माघ ९, २०८१ बुधबार | २१:२८:०६
‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य ‘राइट टु प्रोटिन रन’मा ८ हजारको सहभागिता रहने विश्वकपको उपविजेता खो-खो टोली सम्मानित पोखराविरुद्ध धनगढीको रोमाञ्चक जित सहज जित निकाल्दै सिनर सेमिफाइनलमा आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य

आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित

फाइल तस्विर ।

काठमाडौं । राष्ट्रिय महिला लिगअन्तर्गत सुपर स्टेजको दोस्रो लेगमा बुधबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले  त्रिभुवन आर्मी  क्लबविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

लगातार आठौं जित दर्ता गरेको एपिएफ २४ अंकका साथ प्लेअपमा पुगेकाे छ । पराजय बेहोरेको आर्मीको समान खेलबाट १६ अंक छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङ र कप्तान अनिता बस्नेतले गोल गरे । आर्मीका लागि अमिषा कार्कीले एक गोल फर्काइन् । 

खेलको २३औं मिनेटमा रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ३८औं मिनेटमा अनिताले टोलीको अग्रता दोब्बर बनाइन् ।

अमिषाले ८३औं मिनेटमा गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त रहन सकेन ।

जारी लिगमा एपिएफलले आर्मीविरुद्ध लगातार तेस्रो जित निकालेको हो । यसअघि एपिएफले पहिलो चरणमा २-१ र सुपर स्टेजको पहिलो लेगमा ३-१ को जित दर्ता गरेको थियो ।

अब क्वालिफायर-१ मा पनि एपिएफ र आर्मी नै प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
NATIONAL FOOTBALL PLAYER SARU LIMBU भन्छिन्ः अस्ट्रेलियाको भिसा त्यागेर नेपालका लागि खेल्न बसेका हौं
एपिएफले महिला लिगको उपाधि जित्छ, हामी तयार छौंः PREETI RAI
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥