माघ ९, २०८१ बुधबार | १८:५५:४३
आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित, सुपर स्टेजमा अपराजित डर्टमन्डका प्रशिक्षक साहिन बर्खास्त अस्ट्रेलियासँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो हिमालयन शेर्पाको पहिलो जित नेपाली युवा टोलीले युनानसँग मैत्रीपूर्ण खेल खेल्ने अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य पुलिसको जितमा नवीनको ह्याट्रिक अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै नेपाल स्वायटेक सेमिफाइनलमा एमबाप्पे जत्तिको खेलाडीलाई पनि गाह्रै

हिमालयन शेर्पाको पहिलो जित

‘प्लेयर अफ द म्याच’ को अवार्ड लिँदै सुजन स्याङतान, तस्विरः एन्फा ।

काठमाडौं । सुजन स्याङतानको उत्कृष्ट प्रदर्शनप्रेरित हिमालयन शेर्पाले एन्फा यु १६ युथ लिगमा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबविरुद्ध २१ को रोमाञ्चक जित दर्ता गर्यो ।

जितसँगै हिमालयन शेर्पाले ६ खेलमा चार अंक जोडेको छ । पराजित फ्रेन्ड्सको सात खेलबाट १० अंक छ ।

हिमालयन शेर्पालाई जित दिलाउन दुवै गोल सुजनले गरे । फ्रेन्ड्सका लागि क्रिस कटुवालले एक गोल फर्काए ।

हिमालयन शेर्पा र फ्रेन्ड्स प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

खेलको २६औं मिनेटमा सुजनको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो । ५७औं मिनेटमा सुजनले नै टोलीको अग्रता दोब्बर बनाए । उनले दोस्रो प्रयासमा गोल गरेका हुन् । पेनाल्टी प्रहारलाई फ्रेन्ड्सका गोलकिपर आर्यन थिङले बचाए पनि रिबाउन्डलाई सुजनले सहजै पोस्टको दिशा दिए ।

सागर मोक्तानले ७९औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि फ्रेन्ड्स १० खेलाडीमा समेटियो । ८४औं मिनेटमा क्रिसलदे गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन ।

बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपादल पुलिस क्लबले सातदोबाटो युथ क्लबविरुद्ध ८ ० को जित दर्ता गर्यो । 


भिडियो
एन्फासँग आक्रोसित एपिएफका प्रशिक्षक JIBESH भन्छन्ः खेलाडीले पुरस्कार नपाए प्लेअफ खेल्दैनौं
एपिएफलाई हराएर फाइनलमा स्थान बनाउँछौं: KRISHNA SINGN THUGUNNA
BAGMATI CLUB ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
SANKATA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
NRT ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
MACHHINDRA ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥
APF ॥ SABHAPATI CUP ॥ PRE MATCH CONFERENCE ॥