श्रावण १५, २०८२ बिहीबार | १०:३३:००
म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जित अल नसारले टोलोजलाई हरायो लिभरपुलको पुनरागमन जित इन्टर मियामीको विजयी सुरुआत एथलेटिक्स संघमा राजीवविक्रम शाहकै निरन्तरता नेपाल स्कुल फुटबल लिग साउन १७ देखि हुने दोस्रो स्थानमा उक्लियो फ्रेन्ड्स युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ

‘बी’ डिभिजन लिगका क्लबले प्राप्त गरे बक्यौता रकम

एन्फा मुख्यालय, फाइल तस्विर ।

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगका क्लबले यसअघिको बाँकी सबै रकम प्राप्त गरेका छन् ।

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले लिगका १४ क्लबले पाउन बाँकी ६ लाख ५० हजार रुपैयाँ निकाशा गरिएको जानकारी दियो । क्लबहरुले उक्त रकम बुझिसकेका छन् ।

यसैगरी झापा फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, श्रीभगवती क्लब, वीरगन्ज युनाइटेड, बाँसबारी क्लब र श्रीकुमारी क्लबले माघमा हुने लिगको तयारीका लागि रकम समेत प्राप्त गरेका छन् ।

एन्फाले माघ १३ बाट सुरु हुने आगामी लिगको तयारीका लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । जसमध्ये ६ क्लबले ८ लाख ७० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

गत मंसिर ६ गते बसेको एन्फा पदाधिकारी र ‘बी’ डिभिजन क्लबका प्रतिनिधिबीचको बैठकले नयाँ मिति तय गरेको थियो। मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ । पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ ।

पछिल्लो पटक २०७८ फागुनदेखि चैतसम्म यो लिग भएको थियो । त्यसयता पटक-पटक लिगको मिति भए पनि रद्द हुँदै आएको थियो ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081