काठमाडौं । थ्री स्टार क्लबले बिहीबार ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।
जितसँगै ११ खेलमा १९ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएकाे छ । पराजित मनाङ समान खेलबाट समान अंकका साथ चौथो स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सनिल स्याङ्ताङले गरेको एकमात्र गोल थ्री स्टारलाई जित दिलाउन पर्याप्त बन्यो । उनले दोस्रो हाफको सुरुआतमै गोल गरेका थिए ।
बिहीबारै सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले एफसी खुमलटारलाई ३-१ ले पराजित गर्याे।
जावलाखेलका लागि मदन पौडेल, विवस दर्लामी र प्रमित खत्रीले गोल गरे । खुमलटारका लागि सागर तामाङले गोल फर्काए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II NABIN NEUPANE II Interim Coach, National Football Team
सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी : ANFA
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC