कार्तिक २८, २०८१ बुधबार | ०४:२३:१७
पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल

भिनिसियसको ह्याट्रिकमा रियालको सहज जित

काठमाडौं । भिनिसियस जुनियरको उत्कृष्ट प्रदर्शनप्रेरित रियाल मड्रिडले स्पेनिस ला लिगामा शनिबार ओसासुनाविरुद्ध ४-० को सहज जित निकालेको छ ।  

जितसँगै दोस्रो स्थानको रियालले १२ खेलमा २७ अंक जोडेको छ । पराजित ओसासुना समान खेलबाट २१ अंकका साथ पाँचौं स्थानमा छ ।

सान्टियागो बर्नाबेउमा घरेलु टोली रियाललाई जित दिलाउन भिनिसियसले ह्याट्रिक गर्दा जुड बेलिङघमले एक गोल थपे । 
खेलको ३४औं मिनेटमा भिनिसियसको गोलमार्फत रियालले अग्रता लिएको थियो । बेलिङघमको पासलाई पोस्टको दिशा दिए ।  

आठ मिनेटपछि बेलिङघमले नै टोलीको अग्रता दोब्बर बनाए। उनले राहुल एसेन्सियोले उपलब्ध गराएको बललाई जाली चुमाए ।

भिनिसियसले ६१औं मिनेटमा गोलकिपर एन्ड्री लुलिनले उपलब्ध गराएको बललाई नियन्त्रणमा लिँदै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

आठ मिनेटपछि नै भिनिसियसले ह्याट्रिक पूरा गर्दा रियाल ४-० ले अगाडि बढ्यो । उनले ब्राहिम डियाजले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा रियालले सहज जित दर्ता गर्यो ।


भिडियो
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA