चैत्र ९, २०८२ सोमबार | ०९:४२:५७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित

कुवेतविरुद्ध शतक प्रहार गरेपछि पूजा महतो, तस्विरः क्यान ।

काठमाडौं । कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित दर्ता गरेको छ ।

जितसँगै नेपाल पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ । यसअघि थाइल्यान्डलाई ६७ र १०६ तथा कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो ।

पाँचौं खेलमा पराजित कुवेत अंकविहिन छ । यसअघि कुवेत युईसँग १०६ र १८४ तथा थाइल्यान्डसँग २० रनले पराजित भएको थियो ।

युएईको द सेभेन रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै समेटियो । 

कुवेतका लागि जिफा जिलानी ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि पूजा महतोले चार ओभरमा एक मेडनसहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिइन्। यसैगरी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिए ।

कुवेतविरुद्ध ब्याटिङ गर्दै पूजा महतो, तस्विरः क्यान ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतले अविजित १३० रनको योगदान दिइन् । यसैगरी सोनी पाख्रिनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाए ।

तेस्रो विकेटका लागि पूजा र सोनीले अविजित १५७ रनको साझेदारी गरे । कुवेतका लागि जिफा जिलानी र रिलयन मारिया डी सुजाले समान एक विकेट लिए । 

अब नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोली युएईको सामना गर्नेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो