काठमाडौं । इङ्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन युरोपा लिगमा पहिलो जित निकालेको छ ।
बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले पाओक एफसीलाई २–० ले हरायो । युनाइटेडको जितमा अमाड डिआलोले दुबै गोल गरेका थिए ।
चौथो खेलमा पहिलो जित निकालेको युनाइटेड ६ अंकसहित १५औं स्थानमा उक्लिएको छ । यसअघि युनाइटेडले तीन खेलमा अंक बाढेको थियो ।
पराजित ग्रीसको पाओकको जम्मा एक अंक छ । इटालिको लाजियो १२ अंकसहित शीर्ष स्थानमा छ ।
ग्रीस टोलीले खेलमा गोलका अवसर बनाएपछि सदुपयोग गर्न सकेन ।
७३ हजार समर्थकमाझ युनाइटेड पहिलो हाफमा गोलविहिन भयो । ब्रुनो फर्नान्डेजको पासमा डिआलोले ५०औं मिनेटमा अग्रता बनाए । ७७औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो तीन अंक दिलाएका हुन् ।
भिडियो
कुशल मल्ल राम्रा कप्तान हुन्ः Jan Nicol Loftie Eaton
डेब्युमै तीन विकेट लिएका ABHISHESH GAUTAM
Pratis GC भन्छन्ः प्लेअफ जान गाह्रो छ
लगातार हारपछि लुम्बिनीका प्रशिक्षक Nandan Padnis भन्छन्ः बलिङ राम्रो हुनै सकेन
लगातार जितपछि सुदूरपश्चिमका प्रशिक्षक Jagat Tamata भन्छन्ः लुम्बिनीका खेलाडी आत्तिए
TIP TOP HELP NEPAL SPORTS CLUB TRAINING II Cava Club Volleyball Championship 2024
Cava Championship आयोजनाको तयारीमा पूर्वाधार अभावले गार्हो भयो : Jitendra Bdr Chand President NVA