काठमाडौं । इङ्लिस क्लब वेस्ट हम युनाइटेडका विंगर मोहम्मद कुदुसलाई थप दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
अक्टोबर १९ मा टोटनह्याम हटस्पर रंगशालामा घरेलु टोली टोटनहमविरुद्ध कुदुसले खेलको ८६औं मिनेटमा रातो कार्ड ब्यहोर्दै छाडेका थिए ।
उसलाई मिकी भान डी भेनलाई फउलको गरेपछि सुरुमा पहेंलो कार्ड देखाइएको थियो, तर भिएआरमा रक्षक भेन र पापे सारलाई अभद्र व्यवहार गरेको देखिएपछि कुदुसले रातो कार्डको सामना गरेका थिए ।
यसअघि उनलाई तीन खेलमा प्रतिबन्ध लगाइएको थियो ।प्रतिबन्ध थपिएपछि कुदुसले न्युक्यासल युनाइटेड र आर्सनलबीचको खेल पनि गुमाउने भएका छन् ।
यसैगरी कुदुसलाई ६० हजार र वेस्ट हमलाई ३० हजार पाउन्ड जरिवाना पनि लगाइएको छ ।
घानाका कुदुसले यो सिजन प्रिमियर लिगका आठ खेलमा दुई गोल गरेका छन्।
भिडियो
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA