कार्तिक १०, २०८२ सोमबार | १९:३८:३०
सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे सावित्राको गोलमा भारतविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता लुम्बिनी स्पोर्टस अवार्ड छनोट समिति संयोजकमा रमेश मल्ल नेदरल्यान्ड्सका म्याक्स ओ’ डाउडले कर्णालीबाट खेल्ने भारतविरुद्ध अञ्जनालाई मौका, दीपा र मनमाया पहिलो रोजाईमा झापा महिला गोल्डकपः उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने काभा कप भलिबलः नेपालको चौथो हार काठमाडौंले भित्र्यायो पहिलो विदेशी खेलाडी विश्व कीर्तिमानधारी धाविका रुथ चेपन्गेटिचलाई तीन वर्षको प्रतिबन्ध सन्तोषीलाई राष्ट्रिय कीर्तिमानसहित अर्को कांस्य पदक लाजियोले युभेन्टसलाई हरायाे

टिआइए कप बास्केटबल अर्को सातादेखि हुने

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगिताको १६औं संस्करणमा मा सिनियर ब्वाइज/ गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ ।

सियिनर ब्वाइज / गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने ‘थ्री वाइ थ्री’ मा प्रतिस्पर्धा हुनेछ ।

बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर ब्वाइज/ गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमाति बजेट ४ लाख ५० हजार रहने आयोजकको अनुमान छ ।

टिआइएका प्रधानाध्यापक उत्ताराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध  मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होसन् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए । 
‘हाम्रो मुख्य उदेश्य भनेको विद्यालयबीचको सम्बन्ध मजबुद बनाउने र खेलाडीको क्षमतालाई बाहिर ल्याउने हो । टिआइएकै उत्पादन अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्,’ थापाले भने,‘ यो प्रतियोगिताले पनि नेपाली बास्केटबलको विकासमा थोरै भए पनि सहयोग पुर्याउँछ भन्ने विश्वास छ ।’

प्रतियोगिताको खेल तालिका शुक्रबार साँझसम्ममा सार्वजनिक गरिने आयोजकले बताएको छ । 


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain