चैत्र ४, २०८२ बुधबार | १९:३४:४९
इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित

दोस्रो एकदिवसीयमा पाकिस्तान विजयी

काठमडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको दोस्रो खेलमा पाकिस्तानले ९ विकेटको सहज जित निकालेको छ । ।

पाकिस्तानको जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा अस्ट्रेलिया दुई विकेट विजयी भएको थियो ।

शुक्रबार एड्लेड ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका लागि सइम अयुबले ७१ बलमा ६ छक्का र पाँच चौकाको मद्दतले सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिकले ६९ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ६४ र बाबर आजमले अविजित १५ रन बनाए ।

पहिलो विकेटका लागि अयुब र शफिकले १३७ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि एकमात्र विकेट एडम जाम्पाले लिए । 
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३५ ओभरमा सबै विकेट गुमाउँदै १६३ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ३५, म्याथ्यु शर्टले १९, जोश इङ्लिस र एडम जाम्पाले समान १८, ग्लेन म्याक्सवेलले १६, आरोन हार्डीले १४ तथा ज्याक फ्रेसर म्याकग्रुक र कप्तान प्याट कमिन्सले समान १३ रन बनाए ।

पाकिस्तानका लागि हरिस रौफले आठ ओभरमा २९ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी शहिन शाह अफ्रिदीले तीन तथा नसिम शाह र मोहम्मद होसनैनले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं