चैत्र ६, २०८२ शुक्रबार | ०४:३२:४३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

‘एन्फा एकेडेमीका बालकहरुको मृत्युको कारण व्यवस्थापनको लापरवाही’: गम्भीर छानविन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

गत शनिबार पहिरोमा पुरिएर ज्यान गुमाएका एन्फा एकेडेमीका ६ किशोर खेलाडीलाई श्रद्धाञ्ली अर्ण गरिँदै ।

काठमाडौं । मकवानपुरको सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको एकेडेमीका ६ किशोर खेलाडीको पहिरोमा पुरिएर मृत्यु भएको घटनामा गम्भीर छानवान गर्न संसदीय समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका संसदको पूर्वाधार विकास समितिले ‘व्यवस्थापनको गम्भीर लापरवाहीका कारण ६ जना अबोध बालकले अनाहकमा ज्यान गुमाउनुपरेको’ निश्कर्ष निकाल्दै शुक्रबार सरकारलाई छानविन गर्न निर्देशन दिएको थियो ।

अघिल्लो हप्ता तीन दिनसम्म देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परि सयौं नागरिकले ज्यान गुमाएका थिए । यसै क्रममा शनिबार बिहान एकेडेमीको भवनबाट ‘सुरक्षित स्थानतर्फ’ जाने क्रममा ढिस्को खसेर पुरिदा सिस्नेरी एकेडेमीका ६ बालकले ज्यान गुमाएका थिए । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा एन्फाले स्थानीय वत्सलादेवी माविसँगको सहकार्यमा यसै वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो ।

फुटबल एकेडेमी सञ्चालनका लागि अस्पताल, सुविधासम्पन्न मैदान, होस्टल, यातायात लगायतका अत्यावश्यक सुविधा नभएको ठाउँमा फगत आन्तरिक राजनीतिक स्वार्थका लागि एकेडेमी लगेको भन्दै एन्फाको आलोचना भइरहेको थियो । यही सन्दर्वमा पहिरोमा पुरिएर ६ बालकको ज्यान गएपछि यो विषयले थप चर्चा पाइरहेको छ । यही कारण विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले समेत नेपालको पूर्व निर्धारित भ्रमण रद्ध गरेका थिए ।

कुलेखानी जलासयमा पानीको सतह बढेर खतरा तह पार गर्ने र उच्च जोखिम हुने भन्दै सतर्कता अपनाउन जारी गरेको सूचनालाई समेत एकेडेमी व्यवस्थापनले बेवास्था गरेर लापरवाही गरेको समितिमा सांसदहरुको तर्क थियो ।

‘देशैभरी अत्याधिक पानी परेर कुलेखानी जलासयमा पानीको सतहले खतराको तह पार गर्ने र उच्च जोखिम हुने भन्दै हाई अलर्ट गराएर सिस्नेरी वरपरका वासिन्दालाई वस्ती सारियो । तर ति विद्यार्थीहरुको बारेमा कसैले चासो दिएन । अझ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र एकेडेमीका अध्यक्षले फेसबुकबाट हल्लाका पछि नलाग्न भनेर उर्दी जारी गर्नुभएको भन्ने देखियो,’ समितिको शुक्रबारको बैठकमा सांसद माधव सापकोटाले भने, ‘पछि पनि त्यो ठाउमा अन्यत्रको परिस्थिती के छ नबुझीकन सारियो । जहाँबाट सारियो, त्यो ठाउँ जस्ताको तस्तै छ । तर सिधा बाटो नगएर अर्को बाटो जाँदा ढिस्को आएर पुरिएर मध्यभागमा भएका ६ जना वालक अनाहकमा गए । व्यवस्थापन समितिको गम्भीर लापरवाहीका कारण कलिला वालवालिकाहरुको निधन भएको छ । यो गम्भीर लापरवाही हो, त्यसकारण म सभापतिमार्फत सभामुखसम्म यो कुरा पुगोस र गम्भीर खालको संसदीय छानविन समिति बनोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु । यस घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानविन गरोस । यस्ता खालका लापरवाहीहरुले भविश्यका कर्णधारहरुको अनाहकमा निधन भएको छ । फुल हाउस नचलेकोले समितिमार्फत म यसको गम्भीर छानविनका लागि ध्यानाकर्षण गराउन चाहन्छु ।’

समितिमा सांसदहरुले एकेडेमीको सञ्चालन प्रकृया, घटना हुँदाको अवस्थामा गरिएको लापरवाही, सिस्नेरीमा एकेडेमी राख्ने निर्णयलगायतका विषयमा गम्भीर छानवीन गर्नुपर्ने आवाज उठाएका थिए ।

सांसद सापकोटाका अनुसार समितिले शुक्रबारै नेपाल सरकारलाई तत्काल छानविन समिति बनाएरु एक महिनाभित्र सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिइसकेको छ ।

एन्फाको सिस्नेरी एकेडेमीमा २५ जना विद्यार्थी छनोट गरिए पनि आर्थिक तथा राजनीतिक स्वार्थका लागि १५ जना थप गरेर ४० विद्यार्थी राखिएको विषय पनि यही दूर्घटनापछि सार्वजनिक भएको थियो । एन्फाकै कतिपय पदाधिकारीहरुका अनुसार थप १५ जना विद्यार्थी उनीहरुका परिवारबाट पैसा लिएर राखिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो