कार्तिक २४, २०८१ शनिबार | २२:००:५८
मैत्रीपूर्ण खेलका लागि ताजकिस्तान जाने फुटबल टोलीको बिदाइ भिनिसियसको ह्याट्रिकमा रियालको सहज जित जुनियर टेनिसः अनुषाको विजयी सुरुआत चीनबाट राखेपलाई सहयोग नेपाल हक्की संघका अध्यक्ष शर्मालाई एफआइएच प्रेसिडेन्ट अवार्ड ब्याडमिन्टनको कोचिङ कोर्ष सम्पन्न सुदूरपश्चिमलाई कुमारी जबको साथ एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा काठमाडौं म्याराथनको रि फन रन सम्पन्न नेपालको पहिलो हार मैत्रीपूर्ण खेलका लागि ताजकिस्तान जाने फुटबल टोलीको बिदाइ भिनिसियसको ह्याट्रिकमा रियालको सहज जित जुनियर टेनिसः अनुषाको विजयी सुरुआत चीनबाट राखेपलाई सहयोग नेपाल हक्की संघका अध्यक्ष शर्मालाई एफआइएच प्रेसिडेन्ट अवार्ड ब्याडमिन्टनको कोचिङ कोर्ष सम्पन्न सुदूरपश्चिमलाई कुमारी जबको साथ एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा काठमाडौं म्याराथनको रि फन रन सम्पन्न नेपालको पहिलो हार

सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने

काठमाडौं । युरोपियन क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको नयाँ २०२४/२५ सिजन गएरातिबाट सुरु भइसकेको छ ।

पहिलो दिन उपाधिको मुख्य दाबेदार मानिएको रियाल मड्रिडले भिएफबी स्टुटगार्टमाथि ३-१ को जित दर्ता गराउँदा बायर्न म्युनिखले डिनामो डिनामो जाग्रेबलाई ९-२ को फराकिलो अन्तरमा हरायो । यसैगरी लिभरपुलले एसी मिलानमाथि ३-१ तथा स्पाेर्टिङ लिस्बनले लिलमाथि २-० को जित हासिल गरे ।

त्यस्तै युभेन्टसले पिएसभी आइन्डहोभनलाई ३औ१ तथा एस्टन भिल्लाले योङ ब्वाइजलाई ३औ० को नतिजामा हराए ।

नयाँ पद्धतिअनुसार यसपालीदेखि च्याम्पियन्स लिगमा सहभागी सबै ३६ टिम एउटै समूहमा हुनेछन् । जहाँ प्रत्येक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार गरि समूह चरणमा आठ खेल खेल्नेछन् । तर ति खेल फरक विपक्षीविरुद्ध हुनेछन् ।

समूह चरणका शीर्ष आठ टोली सोझै अन्तिम १६ प्रवेश गर्नेछन् । नवौं देखि २४औं स्थानमा टिमले एउटा नकआउट प्लेअफ खेल्नेछन् । जहाँका विजेता अन्तिम १६ मा पुग्नेछन् । २५ देखि ३६औं स्थानमा सीमित हुने टिम भने प्रतियोगिताबाट बाहिरिनेछन् ।

एउटा सुपरकम्प्युटरले विश्वकै क्लब फुटबलमा सबभन्दा आकर्षक प्रतियोगिताको रुपमा रहेको च्याम्पियन्स लिगको जारी सिजनमा समूह चरणदेखि फाइनलसम्मको नतिजा अनुमान गरेको छ ।

पछिल्ला दुई सिजनका च्याम्पियन रियाल मड्रिड र म्यानचेस्टर सिटीलाई नै यसपाली पनि उपाधिको मुख्य दाबेदारका रुपमा लिइएको छ । रियाल र सिटीपछि आर्सनल, बायर्न म्युनिख र लिभरपुल सम्भावित विजेताका रुपमा लिइएका टिम हुन् ।

ग्रसभेनर स्पोर्टस सुपरकम्प्युटरले रियाल समूह चरणबाट शीर्ष टोलीका रुपमा अगाडि बढ्ने अनुमान गरेको छ । सुपरकम्प्युटरको अनुमानमा आश्चर्यजनक रुपमा सिटी समूह चरणमा पाँचौं हुने उल्लेख छ । इन्टर मिलान, बायर्न र बार्सिलोना क्रमषः दोस्रो, तेस्रो र चौथो हुने अनुमान छ । एस्टन भिल्लाले सातौं स्थान हासिल गर्ने अनुमान छ भने शीर्ष आठमा एट्लान्टा र एट्लेटिको मड्रिड पनि पर्ने बताइएको छ ।

सुपरकम्प्युटरको अनुमानअनुसार आर्सनल १०औं तथा लिभरपुल १८औं हुने बताइएको छ । बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुसन १५औं तथा पिएसजी २४औं हुने अनुमान छ ।

नकआउट चरणमा सिटीले क्वार्टरफाइनलमा बार्सिलोनालाई हराउँदै आरबी लाइपजिगविरुद्धको सेमिफाइनल भिडन्त पक्का गर्ने सुपरकम्प्युटरको अनुमान छ ।

यसैगरी आर्सनल भने क्वार्टरफाइनलमा लिभरपुलसँग पराजित हुने र सेमिफाइनलमा लिभरपुललाई रियाल मड्रिडले हराउने भविश्यवाणी गरिएको छ ।

फाइनलमा साविक विजेता रियाल र प्रिमियर लिगको च्याम्पियन सिटीबीच प्रतिस्पर्धा हुने अनुमान छ । जहाँ सिटीमाथि जित हासिल गर्दै रियालले च्याम्पियन्स लिगमा आफ्नो दबदबा थप बलियो बनाउने भविश्यवाणी छ ।

सुपरकम्प्युटरले प्रत्येक टिमको वर्तमान अवस्था, उपलब्ध खेलाडीको विशेषता, खेलाडी र टिमको फर्म, सामना गर्नुपर्ने विपक्षीलगतयतका विषयमा जम्मा पारिएका तथ्यहरुका साथै सट्टेबाजी बजारमा प्रत्येक खेलका लागि तोकिएका ‘अड’ (दुई टिमका लागि तोकिएको मुल्य) का सबै तथ्य विश्लेषण गरेर भविश्यवाणी गर्छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SANDESH KATWAL II CEO , KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal