चैत्र १४, २०८२ शनिबार | १८:३८:१३
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय
शनिबारको दिन आर्सनल

आर्सनललाई पुरानै व्यथा दोहोरिने डर

काठमाडौं । आर्सनलका अहिलेका कप्तान हुन्, बुकाया साका । केही दिनअगाडि यिनै इङ्लिस खेलाडी भन्थे, सायद यो सिजन आर्सनलको हुनसक्छ । उनको आशय हो, आर्सनलले यसपल्ट इङ्लिस प्रिमियर लिग जित्न सक्छ । त्यतिबेला आर्सनलले केही राम्रो खेलिरहेको थियो । त्यसैले सबै उत्साही थिए । तर, अहिले आर्सनलले एकाएक जस्तै लय गुमाएको छ ।

यस्तोमा फेरि डर उत्पन्न भएको छ, कतै आर्सनलको पुरानै कथा फेरि दोहोरिने त होइन । यो भनेको आर्सनलले फेरि एकपल्ट धेरै आशाबीच केही नजित्ने त होइन । आर्सनल भर्खरै युरोपेली च्याम्पियन्स लिगमा इन्टर मिलानको हातबाट पराजित भयो । सान सिएरोमा भएको खेललाई लिएर प्रशिक्षक मिखेल आर्टेटाको दाबी थियो, टिमले त असाध्यै राम्रो खेलेको थियो ।

तर, जितमात्र हात परेन । यतिमात्र होइन, आर्सनलले लगातार खेल गुमाएको छैन । यी हारमा गोल पनि गर्न सकेको छैन । प्रिमियर लिगकै कुरा गर्ने हो भने आर्सनलले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । त्यसैले आर्सनल अहिले नै लिग तालिकाको शीर्षमा रहेको लिभरपुलभन्दा ७ अंकले पछाडि परिसकेको छ ।

सायद आर्सनलले अहिले राम्रो गर्न नसक्नु पछाडि प्रमुख खेलाडीलाई चोटका कारण गुमाउनु पनि हो । अझभन्दा पछिल्ला केही सिजन यस्तै भएको छ । यसपल्ट आर्सनलले चोटकै कारण गुमाइरहेका सबैभन्दा ठूला नाम हुन्, मार्टिन ओडेगार्ड ।

इन्टरसँगको हारको अर्थ के रह्यो भने युरोपमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । यस्तोमा आर्सनलका समर्थकलाई मात्र होइन, फुटबल मन पराउने सबैलाई सोध्न मन लाग्छ, किन यस्तो भयो त ? त्यो पनि टिममाथि कति धेरै विश्वास र अपेक्षा हुँदा । केही हदसम्म आर्सनललाई भाग्यले पनि साथ दिइरहेको छैन ।

आर्सनल र इन्टर मिलान प्रतिस्पर्धा गर्दै । 

जस्तो, फेरि इन्टरविरुद्धको खेलमै फर्कने हो भने आर्सनल पेनाल्टीबाट सम्भव गोलबाट पराजित रहेको थियो । तर, आर्सनलले लगभग पाउनु नै पर्ने खालका दुई पेनाल्टी पाएन । आर्टेटाले पनि लगभग यस्तै दाबी गरेका छन् । त्यसैले उनले इन्टर मिलानविरुद्धको हार कुनै अर्थमा स्वीकार्न नसक्ने बताएका छन् ।

यस्तो भन्दैमा आर्सनलले गुमाएको लय फेरि भेट्टाउने त होइन नै । सायद आर्सनलले अहिले राम्रो गर्न नसक्नु पछाडि प्रमुख खेलाडीलाई चोटका कारण गुमाउनु पनि हो । अझभन्दा पछिल्ला केही सिजन यस्तै भएको छ । यसपल्ट आर्सनलले चोटकै कारण गुमाइरहेका सबैभन्दा ठूला नाम हुन्, मार्टिन ओडेगार्ड ।

उनी त त्यस्ता खेलाडी हुन्, जसले टिमकै नेतृत्व गरेर खेलिरहेका थिए । उनी अहिलेसम्म मैदान फर्कन सकेका छैनन् । आर्सनल धेरै नै ओडेगार्डको खेलमा निर्भर भयो भन्ने पनि छ । साका आफै चोट बोकेर केही खेलमा टिमबाट टाढा रहे । आर्सनलका लागि चोटग्रस्त खेलाडीको सूची बनाउने हो भने त्यो लामै हुन्छ ।

मार्टिन ओडेगार्ड । 

यति भन्दाभन्दै एउटा तथ्य अर्को के छ भने खेलाडी चोटग्रस्त हुने कुरा त आर्सनललाई मात्र पर्ने होइन, अरूलाई पनि हुन्छ । यस्तोमा अब के त ? अरूले बाहिरबाट कुरा गर्ने न हो, केही आलोचना र सल्लाह मिसाएर भन्ने मात्रै । खासमा आर्सनललाई फेरि लयमा फर्काउने जिम्मा त तिनै प्रशिक्षक आर्टेटाकै हो ।