माघ ३, २०८२ शनिबार | १०:४४:५४
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै
शनिबारको दिन आर्सनल

आर्सनललाई पुरानै व्यथा दोहोरिने डर

काठमाडौं । आर्सनलका अहिलेका कप्तान हुन्, बुकाया साका । केही दिनअगाडि यिनै इङ्लिस खेलाडी भन्थे, सायद यो सिजन आर्सनलको हुनसक्छ । उनको आशय हो, आर्सनलले यसपल्ट इङ्लिस प्रिमियर लिग जित्न सक्छ । त्यतिबेला आर्सनलले केही राम्रो खेलिरहेको थियो । त्यसैले सबै उत्साही थिए । तर, अहिले आर्सनलले एकाएक जस्तै लय गुमाएको छ ।

यस्तोमा फेरि डर उत्पन्न भएको छ, कतै आर्सनलको पुरानै कथा फेरि दोहोरिने त होइन । यो भनेको आर्सनलले फेरि एकपल्ट धेरै आशाबीच केही नजित्ने त होइन । आर्सनल भर्खरै युरोपेली च्याम्पियन्स लिगमा इन्टर मिलानको हातबाट पराजित भयो । सान सिएरोमा भएको खेललाई लिएर प्रशिक्षक मिखेल आर्टेटाको दाबी थियो, टिमले त असाध्यै राम्रो खेलेको थियो ।

तर, जितमात्र हात परेन । यतिमात्र होइन, आर्सनलले लगातार खेल गुमाएको छैन । यी हारमा गोल पनि गर्न सकेको छैन । प्रिमियर लिगकै कुरा गर्ने हो भने आर्सनलले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । त्यसैले आर्सनल अहिले नै लिग तालिकाको शीर्षमा रहेको लिभरपुलभन्दा ७ अंकले पछाडि परिसकेको छ ।

सायद आर्सनलले अहिले राम्रो गर्न नसक्नु पछाडि प्रमुख खेलाडीलाई चोटका कारण गुमाउनु पनि हो । अझभन्दा पछिल्ला केही सिजन यस्तै भएको छ । यसपल्ट आर्सनलले चोटकै कारण गुमाइरहेका सबैभन्दा ठूला नाम हुन्, मार्टिन ओडेगार्ड ।

इन्टरसँगको हारको अर्थ के रह्यो भने युरोपमा आर्सनलको अपराजित यात्रा टुंगिएको छ । यस्तोमा आर्सनलका समर्थकलाई मात्र होइन, फुटबल मन पराउने सबैलाई सोध्न मन लाग्छ, किन यस्तो भयो त ? त्यो पनि टिममाथि कति धेरै विश्वास र अपेक्षा हुँदा । केही हदसम्म आर्सनललाई भाग्यले पनि साथ दिइरहेको छैन ।

आर्सनल र इन्टर मिलान प्रतिस्पर्धा गर्दै । 

जस्तो, फेरि इन्टरविरुद्धको खेलमै फर्कने हो भने आर्सनल पेनाल्टीबाट सम्भव गोलबाट पराजित रहेको थियो । तर, आर्सनलले लगभग पाउनु नै पर्ने खालका दुई पेनाल्टी पाएन । आर्टेटाले पनि लगभग यस्तै दाबी गरेका छन् । त्यसैले उनले इन्टर मिलानविरुद्धको हार कुनै अर्थमा स्वीकार्न नसक्ने बताएका छन् ।

यस्तो भन्दैमा आर्सनलले गुमाएको लय फेरि भेट्टाउने त होइन नै । सायद आर्सनलले अहिले राम्रो गर्न नसक्नु पछाडि प्रमुख खेलाडीलाई चोटका कारण गुमाउनु पनि हो । अझभन्दा पछिल्ला केही सिजन यस्तै भएको छ । यसपल्ट आर्सनलले चोटकै कारण गुमाइरहेका सबैभन्दा ठूला नाम हुन्, मार्टिन ओडेगार्ड ।

उनी त त्यस्ता खेलाडी हुन्, जसले टिमकै नेतृत्व गरेर खेलिरहेका थिए । उनी अहिलेसम्म मैदान फर्कन सकेका छैनन् । आर्सनल धेरै नै ओडेगार्डको खेलमा निर्भर भयो भन्ने पनि छ । साका आफै चोट बोकेर केही खेलमा टिमबाट टाढा रहे । आर्सनलका लागि चोटग्रस्त खेलाडीको सूची बनाउने हो भने त्यो लामै हुन्छ ।

मार्टिन ओडेगार्ड । 

यति भन्दाभन्दै एउटा तथ्य अर्को के छ भने खेलाडी चोटग्रस्त हुने कुरा त आर्सनललाई मात्र पर्ने होइन, अरूलाई पनि हुन्छ । यस्तोमा अब के त ? अरूले बाहिरबाट कुरा गर्ने न हो, केही आलोचना र सल्लाह मिसाएर भन्ने मात्रै । खासमा आर्सनललाई फेरि लयमा फर्काउने जिम्मा त तिनै प्रशिक्षक आर्टेटाकै हो ।