कार्तिक २८, २०८१ बुधबार | ०४:१९:०६
पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल

नेपालको पहिलो हार

काठमाडौं । आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले पहिलो पराजय ब्यहोरेको छ ।

शनिबार द सेभेन रंगशालामा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भयो ।

लगातरा तेस्रो जितसँगै युएई तीन खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित नेपाल समान खेलबाट चार अंकका साथ दोस्रो स्थानमा छ ।

यसअघि दुवै टोलीले थायल्यान्ड र कुवेतलाई पराजित गरेका थिए ।

युएईले प्रस्तुत गरेको १२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउन्लै १०९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ४८ रनको योगदान दिइन् । यसैगरी साना प्रविन र सोनी पाख्रिनले समान १९ रन बनाए ।

युएईका लागि इन्दुजा नन्दाकुमार, लाभन्या केनी र मेहक ठाकुरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको युएई ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२२ रनको योगफल तयार पार्यो ।

युएईका लागि रिनिता रजितले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ४८ रनको योगदान गरिन् । यसैगरी लाभन्या केनीले २० तथा इन्दुजा नन्दाकुमारले १२ रन बनाए ।

नेपालका लागि रिया शर्माले तीन तथा सीमा केसी, कप्तान पूजा महतो र करिस्मा गुरुङले समान एक विकेट लिए ।

अब नेपालले आइतबार थाइल्यान्डको सामना गर्नेछ । 


भिडियो
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA