कार्तिक २८, २०८१ बुधबार | ०४:१९:३०
पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी टिआइए कपः आयोजक टिआइए सबै खेलमा पराजित काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ सुरु जुनियर टेनिसः शिभाली र वृजेश च्याम्पियन सुदूरपश्चिमको जर्सी सार्वजनिक पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार जित कुवेतविरुद्ध कप्तान पुजाको शतक नेपाली यु-१९ टोली र कर्नाटका यु-१९ टोलीबीच अभ्यास खेल हुने निस्टेलरोयले छाडे म्यानचेस्टर युनाइटेड चौथो जितको लक्ष्यमा नेपाल

सुदूरपश्चिमलाई कुमारी जबको साथ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सूदुरपश्चिम रोयल्सलाई कुमारी जबले करिअर पार्टनरका रूपमा साथ दिने भएको छ ।

शनिबार सम्झौता पत्रमा रोयल्सका अध्यक्ष स्वतन्त्रप्रताप शाह र कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरे  ।

मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जबले पछिल्लो एक दशकदेखि सेवा पुर्याउँदै आएको छ ।

सुदूरपश्चिकमा सिइओ प्रकाश खड्काले नेपाली क्रिकेटमा लामो समयदेखि साझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

‘कुमारी जब र नेपाली क्रिकेटको नाता निकै पुरानो छ । उहाँहरुले आफ्नो क्रिकेटप्रतिको लगावलाई निरन्तरता दिने निर्णय लिनुभएको छ । यसपटक नेपाली क्रिकेटको महोत्सवको रुपमा रहेको एनपिएलमा सहकार्य गर्न पाउँदा निकै खुसी छौं,’ खड्काले भने।

कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले नेपालमै पहिलो पटक हुन लागेको एनपिएलको फ्रेन्चाइज टोलीसँग करिअर पार्टनरको रूपमा जोडिन पाउँदा पाउँदा खुसी लागेको बताए  ।

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेका सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।
 


भिडियो
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA