चैत्र ४, २०८२ बुधबार | १५:२२:५९
भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल अर्जुनको शतकमा कास्की च्याम्पियन भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल अर्जुनको शतकमा कास्की च्याम्पियन
शनिबारको दिन नेपाली फुटबल

राष्ट्रिय टोलीमा चार नयाँ अनुहार

काठमाडौं । नेपाली फुटबल गतिविधि र प्रशासन कमजोर रहेको चर्चाबीच नेपाली राष्ट्रिय फुटबल टोलीले यसै साता दुई ठूला टोलीसँग खेल्दै छ । अन्तरिम प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा नेपालले ताजकिस्तान र अफगानिस्तानसम्मिलित थ्री नेसन्स कप खेल्दै छ । फिफा वरीयतामा ताजकिस्तान १०५औं, अफगानिस्तान १५१औं र नेपाल १७६औं स्थानमा छन् ।

टोली कप्तानमा गोलरक्षक किरण चेम्जोङ लिम्बू नै छन् । प्रशिक्षक न्यौपानेले प्रारम्भिक छनोटमा ३६ खेलाडी बोलाउँदै प्रतियोगिता खेल्ने अन्तिम २३ जनाको नाम सार्वजनिक गरिसकेका छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते ताजकिस्तान र मंसिर १ मा अफगानिस्तानसँग खेल्नेछ । 

यही प्रतियोगिताको लागि एन्फाले हेड अफ एकेडेमीको जिम्मेवारी पाएका न्यौपानेलाई राष्ट्रिय टोलीकै हेर्ने अवसर दिएको हो । न्यौपाने आफै राष्ट्रिय टोलीका लागि नयाँ अनुहार हुन् । उनले पहिलो पटक राष्ट्रिय टोली हेर्दै छन् । उनले आफूसँगै तीन रक्षक अभिषेक वाइबा, रन्दीप पौडेल र एञ्जल महर्जन तथा स्ट्राइकर नीराजन धामीलाई पहिलो पटक टोलीसाथ ताजकिस्तान लैजाँदै छन् ।

टोलीका नियमित खेलाडी अनन्त तामाङ र लाकेन लिम्बू घाइते भएपछि दुई खेलाडीले अवसर पाएका हुन् । यसअघि टोलीमा रहेको सञ्जिव विष्ट र हिसुब थपलिया भने अन्य खेलाडी जसरी अस्ट्रेलिया पलायन भएका छन् ।

अभिषेक वाइबा

अभिषेक वाइबा ।

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा वागमती युवा क्लबलाई च्याम्पियन बनाउनेक्रममा अभिषेक वाइबाले महत्त्वपूर्ण भूमिका खेलेका थिए । नेपालको उमेर समूह टिमबाट खेलिसकेका रक्षक अभिषेकले ‘ए’ र ‘बी’ डिभिजन लिग बेवास्ता गर्दै स्थानीय टोलीलाई महत्व दिएका हुन् । उनीसँगै दुई दर्जन खेलाडीले साथ दिएपछि वागमती दोस्रो श्रेणीको लिगको लागि छनोट भयो । अभिषेकले नेपालको यु-१८ र यु-२० टिमबाट खेलिसकेका छन् । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण उनले पोखरा थन्डर्सबाट खेलेका थिए ।

रन्दीप पौडेल

रन्दीप पौडेल ।

रन्दीप पौडेल (अल्विन) उमेर समूहमा धेरै रुचाइएका खेलाडी हुन् । रक्षापंक्तिमा निडर स्वभावका पोखरेली खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । यसअघि उनले नेपालको यु-१४, १८, १९ र २० टिमबाट खेलिसकेका छन् । ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई दुई पटक यु-१८ ललित स्मृति लिग उपाधि जिताएका छन् । एन्फा एकेडेमीपछि उनले बिबिसीकै लागि दुई सिजन लिग खेले । पछिल्लो पटक भने मनाङ मस्र्याङ्दी क्लब (एमएमसी) बाट खेलेका छन् । पछिल्लो नेपाल सुपर लिगमा रन्दीपले धनगढी एफसीका लागि खेलेका थिए ।

एञ्जल महर्जन

एञ्जल महर्जन । 

प्रशिक्षक नवीन न्यौपानेले रक्षापंक्तिमा थपेका तेस्रो खेलाडी हुन्, एञ्जल महर्जन । मुख्य रक्षक अनन्त तामाङ घाइते भएपछि उनले रक्षापंक्तिमा धेरै खेलाडीलाई अवसर दिएका छन् । त्यसमा मौका पाउनेमध्ये एक हुन् एञ्जल । घरेलु फुटबलमा परिचित नाम एञ्जलले फ्रेन्ड्स क्लबबाट ०७९/८० लिग खेलेका थिए । उनले नेपाल सुपर लिग पोखरा थन्डर्सबाट खेलेका थिए । एन्फा एकेडेमीमा रहेर प्रारम्भिक फुटबल सिकेका मकवानपुर हेटौंडाका एञ्जलले नेपालको यु–१८,१९ र २० टिमबाट खेलिसकेका छन् ।

नीराजन धामी

नीराजन धामी ।

नेपालमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष यु-२० च्याम्पियनसिप हुँदा चर्चामा रहेको नाम हो नीराजन धामी । अग्लो कद, छिटोछरितो अनि तीव्र गतिका कारण उनी एन्फा कम्प्लेक्समा छाएका थिए । उनकै उच्च प्रदर्शनमा नेपालले फाइनल यात्रा तय गरेको थियो । तर, फाइनलमा भने नेपाल बंगलादेशसँग ४-१ ले पराजित भयो । उनले प्रतियोगितामा तीन गोल गरेका थिए ।त्यसपछि उनले एएफसी यु-२० एसियन कप छनोटमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका छन् । कैलालीका नीराजनले यसअघि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका छन् ।

राष्ट्रिय फुटबल टिम: 

गोलकिपर: किरण चेम्जोङ लिम्बू (कप्तान), दीप कार्की, विशाल सुनार

रक्षक:  अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, एञ्जल महर्जन

मिडफिल्डर: रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ

स्ट्राइकर: जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, नीराजन धामी