पुस २५, २०८२ शनिबार | ०५:२५:५८
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व रहेको छ ।

आइतबार सार्वजनिक भएको मनोनयमा तीन महिला तथा दुई पुरुष खेलाडी छन् ।

यस वर्ष पिपल्स च्वाइस मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी छन् ।

अवार्डको भोटिङका लागि आइतबारै मञ्चले खल्ती बाई आइएमइसँग सम्झैता पनि गरेको छ । मञ्चका अध्यक्ष निरन्जन अधिकारी र खल्तीा चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस अवार्डको विजेता खल्तीमार्फत हुने भोटिङ (५०%), सामाजिक सञ्जाल (२५%), राष्ट्रिय खेल प्रशिक्षक (१२.५%) र खेल पत्रकारको मत (१२.५%) को आधारमा चयन गरिनेछ ।

विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणमा भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी थिइन् ।

यस संस्करणमा कुल १० विधामा अवार्ड वितरण गरिनेछ । जसमा वर्ष खेलाडी (पुरुष र महिला), युवा वर्ष खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड समावेश छन् ।

यो वर्षको अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौं उपत्यकाबाहिर पोखरामा आगामी भदौ २९ गते आयोजना हुँदैछ ।

मनोनयनमा परेका खेलाडी:

विजय सिन्जाली (उसु)

विजयले जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकप, साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिप र चीनमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपको तुइलेन विधामा कांस्य पदक जितेका थिए ।

 यसैगरी उनी जियान्सु विधामा शिर्ष आठभित्र रहदै थाउलु विश्वकपमा छनोट भएका थिए । विजय १२औं दक्षिण एसियाली खेलकुद (साग) रजत तथा १३औं सागका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

इभाना थापा (टेबलटेनिस)

इभानाले दक्षिण एसियाली टेबलटेनिसमा चार पदक (गर्ल्स एकलमा कांस्य, डबल्समा रजत, टिममा रजत र मिक्स डबल्समा कांस्य) जितेकी थिइन् । 

यसैगरी उनले २७औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जितेकी थिइन् । 

ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल इभानले दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु-१९) मा गर्ल्स तर्फ स्वर्ण पदक हासिल गरेकी थिइन् ।

एभान पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी हुन् ।

हिमाल सुनारी (भलिबल)

हिमाल नवौं एनभिएल लिग र पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य हुन् । 

यसैगरी तेस्रो टाइगर कपमा गण्डकीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थियो । उक्त संस्करणमा हिमाल उत्कृष्ट सर्भर चुनिएका थिए ।

पूजा महतो (क्रिकेट)

पूजाको कप्तानीमा आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन बनेको थियो । छनोटको विजेताका हैसियतले नेपाल यु-१९ विश्वकपसम्म पुगेको थियो ।

पूजाले छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले कुवेतलाई १६५ रनले हराउँदा  पूजाले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाएकी थिइन् ।  छनोट प्रतियोगितामा सर्वाधिक रनकर्ता बनेकी पूरा बलितर्फ दोस्रो स्थानमा रहेकी थिइन् । उनले २७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् ।

एसिसी महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा पूजाको प्रदर्शन उत्कृष्ट थियो । नेपाली महिलाले आइसिसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको त्यो पहिलोपल्ट थियो ।

पछिल्लो समय पूजाले सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गरिरहेकी छन् ।

रेखा पौडेल (फुटबल)

एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी रेखाले लाओसको योङ एलिफेन्ट्सविरुद्धको डेब्यू खेलमा युएईको अबुधाबी कान्ट्रका लागि गोल गरेकी थिइन् ।  

यसैगरी उनले साउदी अरेबियाको अल नासरविरुद्ध १-० को जितमा पनि निर्णायक गोल गरेकी थिइन् । 

रेखा साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता हुन् । उनले माल्दिभ्सविरुद्ध पाँच र श्रीलंकविरुद्ध दुई गोल गरिन् ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||