फाल्गुन २७, २०८२ बुधबार | ००:५१:५६
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व रहेको छ ।

आइतबार सार्वजनिक भएको मनोनयमा तीन महिला तथा दुई पुरुष खेलाडी छन् ।

यस वर्ष पिपल्स च्वाइस मनोनयनमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसुका विजय सिन्जाली र भलिबलका हिमाल सुनारी छन् ।

अवार्डको भोटिङका लागि आइतबारै मञ्चले खल्ती बाई आइएमइसँग सम्झैता पनि गरेको छ । मञ्चका अध्यक्ष निरन्जन अधिकारी र खल्तीा चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस अवार्डको विजेता खल्तीमार्फत हुने भोटिङ (५०%), सामाजिक सञ्जाल (२५%), राष्ट्रिय खेल प्रशिक्षक (१२.५%) र खेल पत्रकारको मत (१२.५%) को आधारमा चयन गरिनेछ ।

विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणमा भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी थिइन् ।

यस संस्करणमा कुल १० विधामा अवार्ड वितरण गरिनेछ । जसमा वर्ष खेलाडी (पुरुष र महिला), युवा वर्ष खेलाडी, प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड समावेश छन् ।

यो वर्षको अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौं उपत्यकाबाहिर पोखरामा आगामी भदौ २९ गते आयोजना हुँदैछ ।

मनोनयनमा परेका खेलाडी:

विजय सिन्जाली (उसु)

विजयले जापानको योकोहामामा सम्पन्न तेस्रो थाउलु विश्वकप, साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिप र चीनमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपको तुइलेन विधामा कांस्य पदक जितेका थिए ।

 यसैगरी उनी जियान्सु विधामा शिर्ष आठभित्र रहदै थाउलु विश्वकपमा छनोट भएका थिए । विजय १२औं दक्षिण एसियाली खेलकुद (साग) रजत तथा १३औं सागका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

इभाना थापा (टेबलटेनिस)

इभानाले दक्षिण एसियाली टेबलटेनिसमा चार पदक (गर्ल्स एकलमा कांस्य, डबल्समा रजत, टिममा रजत र मिक्स डबल्समा कांस्य) जितेकी थिइन् । 

यसैगरी उनले २७औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा काजकिस्तानविरुद्धको खेल जितेकी थिइन् । 

ओलम्पिक क्वालिफायरमा सेमिफाइनलसम्म पुग्न सफल इभानले दोस्रो जुनियर एन्ड मास्टर्स टेबलटेनिस (यु-१९) मा गर्ल्स तर्फ स्वर्ण पदक हासिल गरेकी थिइन् ।

एभान पुष्पराज मेमोरियल, बनेपा ओपनलगायत थुप्रै राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी हुन् ।

हिमाल सुनारी (भलिबल)

हिमाल नवौं एनभिएल लिग र पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपका उपविजेता टोलीका सदस्य हुन् । 

यसैगरी तेस्रो टाइगर कपमा गण्डकीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थियो । उक्त संस्करणमा हिमाल उत्कृष्ट सर्भर चुनिएका थिए ।

पूजा महतो (क्रिकेट)

पूजाको कप्तानीमा आइसिसी यु-१९ महिला विश्वकप क्रिकेटमा एसिया छनोटमा च्याम्पियन बनेको थियो । छनोटको विजेताका हैसियतले नेपाल यु-१९ विश्वकपसम्म पुगेको थियो ।

पूजाले छनोटमा ब्याट र बल दुवैबाट उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले कुवेतलाई १६५ रनले हराउँदा  पूजाले ६९ बलमा १७ चौकासहित अविजित १३० रन बनाएकी थिइन् ।  छनोट प्रतियोगितामा सर्वाधिक रनकर्ता बनेकी पूरा बलितर्फ दोस्रो स्थानमा रहेकी थिइन् । उनले २७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् ।

एसिसी महिला यु-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएर इतिहास बनाउँदा पूजाको प्रदर्शन उत्कृष्ट थियो । नेपाली महिलाले आइसिसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको त्यो पहिलोपल्ट थियो ।

पछिल्लो समय पूजाले सिनियर राष्ट्रिय टोलीबाट पनि प्रभावशाली प्रदर्शन गरिरहेकी छन् ।

रेखा पौडेल (फुटबल)

एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो नेपाली खेलाडी रेखाले लाओसको योङ एलिफेन्ट्सविरुद्धको डेब्यू खेलमा युएईको अबुधाबी कान्ट्रका लागि गोल गरेकी थिइन् ।  

यसैगरी उनले साउदी अरेबियाको अल नासरविरुद्ध १-० को जितमा पनि निर्णायक गोल गरेकी थिइन् । 

रेखा साफ महिला च्याम्पियनसिप २०२४ मा ७ गोलसहित सर्वाधिक गोलकर्ता हुन् । उनले माल्दिभ्सविरुद्ध पाँच र श्रीलंकविरुद्ध दुई गोल गरिन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||