कार्तिक १८, २०८२ मंगलबार | १८:००:११
महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने

काठमाडौं । नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यकाबाहिर हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेल गर्दै अवार्डको २२औं संस्ककरण आगमी भदौ २९ गते पोखरामा हुने जानकारी दियो । 

२०५२ सालमा स्थापना भएको एनएसजेएफले २०६१ सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ ।

नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने उदेश्यका साथ यसको सुरुआत भएको थियो ।

सदाझै यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निरन्तरता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा  ग्रुपबीच अवार्डका लागि  सहकार्य भएको यो १७औं वर्ष हो ।

यस वर्ष पनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।

मुख्य प्रायोजन सम्झौताअनुसार गोल्छा ग्रुपले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई मोटरसाइकल प्रदान गर्नेछ ।

अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई १ लाख प्रदान गरिने छ । 

अवार्ड कार्यक्रमलाई सफल बनाउन एनएसजेएफका अध्यक्ष नीरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको एनएसजेएफले जानकारी दियो ।

गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहकुमार पौडेल महिलातर्फ करातेकी एरिका गुरुङ, प्रशिक्षकतर्फ, करातेकै कुशल श्रेष्ठ,  युवामा क्रिकेटका देवकुमार खनाल उत्कृष्ट भएका थिए ।  यस्तै पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।

यसैगरी स्पेसल अवार्ड भलिबलका प्रशिक्षक कुमार राई पारा एथलिट सम्मान पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड दक्षिण कोरियाका ही डोङ जोङ र लाइफटाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरिएको थियो । यस्तै एसियाली खेलकुदमा ऐतिहासिक कांस्य जितेको महिला कबड्डी टोलीलाई ‘टिम अफ द इयरबाट सम्मानित गरिएकाे थियाे । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA