काठमाडौं । आफ्नो क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ ले बुधबार सम्मान गरेको छ ।
फुटबल, क्रिकेट, पौडी, चेस, बास्केटबल, कबड्डी, शारीरिक सुगठन, फेन्सिङ, तेक्वान्दो, कराते, फुटसल, स्नुकर, टेबल टेनिसका कूल १२७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित भएका हुन् । जसमध्ये अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने २८ जनालाई विशेष सम्मान गरिएको थियो ।

सो अवसरमा वडा-२२ को आयोजनामा भएको प्रथम मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिपका विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ तथा वडा-२२ का अध्यक्ष चिनीकाजी महर्जनले उनीहरुलाई कदर पत्र र ट्रयाकसुट प्रदान गरी सम्मान गरे । फिफा रेफ्री ज्ञानुराजा श्रेष्ठको संयोजकत्वमा रहेको टिमले सम्मानित हुने खेलाडी चयन गरेको हो ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
