फाल्गुन २७, २०८२ बुधबार | ००:५२:१८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

तार्केश्वरले जित्यो फुटसलको उपाधि

काठमाडौं । तार्केश्वर नगरपालिकाले काठमाडौं जिल्ला बृहत खेलकुद अन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ ।

लैनचौर खेल मैदानमा भएको फाइनलमा तार्केश्वरले काठमाडौं महानगरपालि वडा-५ लाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो । निर्धारित समयको खेल १-१ बराबरीमा टुंगिएको थियो । विजेता तार्केश्वरले १ लाख ५० हजार तथा उपविजेता वडा ५ ले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा काठमाडौं महानगरपालिका वडा-५ का अक्लेश कार्की उत्कृष्ट खेलाडी तथा नितेश महर्जन उत्कृष्ट गोलकिपर घोषित भए । काठमाडौं महानगरपालिका वडा २६ का निराजन मल्ल सर्वाधिक गोलकर्ता बने । तीनैले जनही १० हजार रुपैयाँ पाए ।

क्योकुसिन करातेमा वडा-२६ लाई सर्वाधिक तीन स्वर्ण

आयोजक काठमाडौं महानगरपालिका वडा-२६ ले  क्योकुसिन कराते (आइकेयु) मा सर्वाधिक तीन स्वर्ण पदक जितेको छ ।

पुरुषका पाँच स्पर्धा समावेश प्रतियोगितामा क्योकुसिन बुदो र काठमाडौं महानगरपालिका वडा-१२ ले समान एक स्वर्ण पदक हात पारे ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको २५ केजीमा बालकृष्ण बुढा, ४५ केजीमा रिखीधन राई र खुलामा धनबहादुर विकले आयोजकलाई स्वर्ण पदक दिलाए ।

बालकृष्णले आफ्नै वडाका इमानल मगर, रिखीधनले पनि आफ्नै वडाका कैलाश राना मगर तथा धनबहादुरले काठमाडौं महानगरपालिका-२५ का गोविन्द बस्याललाई पराजित गरे ।

पुरुष ३५ केजीमा क्योकुसिन बुदोका श्रृजन सुनुवारले काठमाडौं महानगरपालिका-१२ का समरबहादुर दमाईं तथा ५५ केजीमा काठमाडौं महानगरपालिका-१२ का सुसान तामाङले आफ्नै वडाका आशुतोष जैसवाललाई हराए ।

शीर्ष चार स्थानमा रहने खेलाडीले क्रमशः १० हजार, ८ हजार, ६ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र उपमेयर सृजना बुर्लाकोटी अर्याल, आयोजक काठमडौं महानगरपालिका वडा-२६ का अध्यक्ष ख्यामराज तिवारी, सदस्य एवं प्रतियोगिता संयोजक प्रवेश श्रेष्ठलगायतले  पुरस्कृत गरे ।

जेठ ३१ गतेदेखि सुरु भएको बृहत खेलकुदमा क्योकुसिन कराते, फुटसल,  टेबल टेनिस, कराते र तेक्वान्दो गरी पाँच खेल समावेश थियो ।  


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||