फाल्गुन २७, २०८२ बुधबार | ००:५७:०८
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

एमबिएएन स्पोर्टस मिट शुक्रबार र शनिबार हुने

काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघको आयोजनामा एमबिएएन स्पोर्टस  मिटको तेस्रो संस्करण  असार ६ र सात ( शुक्रबार र शनिबार) हुने भएको छ ।

हाडिगाउँस्थित धनवन्तरी स्पोर्टस फुटसलमा हुने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबल टेनिस खेल समावेश गरिएको संघका अध्यक्ष रामेन्द्र रायमाझीले जानकारी दिए ।

प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा बैंकले भाग लिनेछन् । फुटसलमा महिल र पुरुष गरि दुई विधा सामावेश छ ।  पुरुषतर्फ १५ र महिलातर्फ आठ टिमले सहभागिता जनाएका छन् ।

फुटसलको पुरुषतर्फ उपाधि विजेताले ८० र उपविजेता ४० हजार प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फको विजेतालाई ५० र उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

पुरुष र महिला दुवैतर्फका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी ब्याडमिन्टनतर्फ पुरुष, महिला र भेट्रान्स डबल्सका गरि तीन विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ पाउने छन् ।

भेट्रान्स डबल्सका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ हात पार्नेछन् । पुरुषतर्फ ६, महिलातर्फ ९ र भेट्रान्सतर्फ पाँच टिम सहभागी छन् ।

यता टेबल टेनिसमा पुरुष सिंगल्सतर्फ २५, महिला सिंगल्सतर्फ ६ र भेट्रान्स सिंगल्सतर्फ सात टिमले भाग लिएका छन् ।

टेबल टेनिसमा पुरुष र भेट्रान्सको विजेताले समान १५ र उपविजेताले १० हजार रुयाँया पाउनेछन् ।  यस्तै महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयान्  प्राप्त गर्नेछन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||