फाल्गुन २७, २०८२ बुधबार | ००:५७:२९
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक

‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक गरिदै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । खेल पत्रकार हिमेशरत्न वज्राचार्यले लेखेको पुस्तक ‘स्वर्णकथा नेपाली फुटबलको सार्वजनिक भएको छ । नेपाली फुटबलको इतिहास समेटिएको यो पुस्तक आइतबार नेपाली फुटबलका हस्ती राजुकाजी शाक्यले विमोचन गरे । शाक्य सन् १९८४ र १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दाका महत्वपूर्ण सदस्य थिए ।

पुस्तकमा नेपाली फुटबलको सुरुआती समयसहित नेपालले सागमा दुई पटक स्वर्ण पदक जित्दाको इतिहास समावेश छ । नेपाली फुटबलको इतिहास १०० वर्षभन्दा लामो भए पनि अहिलेसम्म फुटबलको इतिहासबारे कुनै पुस्तक लेखिएको थिएन । नेपाली फुटबलको इतिहासमा लेखिएको यो पहिलो पुस्तक हो । फुटबललाई आफ्नो पहिलो प्रेम मान्ने लेखक वज्राचार्यले यो पुस्तक प्रकाशित हुँदा आफ्नो सपना पूरा भएको बताए । 

‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक कार्यक्रममा आफ्नो भनाइ राख्दै लेखक हिमेशरत्न वज्राचार्य, तस्विरः सरोज सापकोटा/खेलाडी । 

बुकहिलले प्रकाशन गरेको सो पुस्तक सार्वजनिक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले यो पुस्तक पढेपछि पहिले र अहिलेको फुटबलको अन्तर बुझेको बताए । ‘पुस्तक पढेपछि नेपाली फुटबलको धेरै कुरा आफूलाई थाहा नभएको महुसस भयो । त्यसैले पनि नयाँ, पुराना खेलाडी मात्र होइन सबैले फुटबलको इतिहास बुझ्न स्वर्णकथा नेपाली फुटबलको पढ्नै पर्छ,’ राईले भने ।

नेपाली खेलकुदकी गोल्डेन गर्ल ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले खेलकदमा अध्ययन र साहित्य पनि चाहिन्छ र यस पुस्तकले यसको सुरुआत गरेको बताइन् । उनले १०० वर्षदेखिको इतिहासलाई संग्रह गरेर पुस्तकको आकार दिने हिमेशरत्न वज्राचार्य खेल साहित्यको रत्न नै रहेको जिकिर गरिन् । यसैगरी सन्तोषीले यस पुस्तककै प्रेरणा लिएर भविष्यमा आफूले आफ्नाे खेल संस्करण लेख्ने बताइन् ।

पुस्तक पढ्दै राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ तस्विरः सरोज सापकोटा/खेलाडी । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष निरञ्जन अधिकारीले नेपाल खेलकुदमा लेखेका पुस्तक खासै नभेटिएको अवस्थामा फुटबल मन पराउनेका लागि यो दस्तावेजसहितको सुन्दर उपहार भएको बताए । एनएसजेएफका पूर्र्व अध्यक्ष अजय फुयालले नेपाललाई फुटबलले खुशी बनाउने कालखण्डलाई जीवन्त राख्ने काम गरेकोमा लेखक वज्राचार्यलाई धन्यवाद दिए । वरिष्ठ पत्रकार युवराज घिमिरेले खेलकुदले पनि कुनै पनि देशको समृद्धि देखाउँछ र यस्ता पुस्तक पनि त्यसका सहायक हुन्, भने । 

यसैगरी प्रकाशक भूपेन्द्र खड्काले फुटबलको पहिलो पुस्तकमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||