भाद्र ३, २०८२ बुधबार | १३:००:१०
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली

सुदूरपश्चिम स्पोर्टस अवार्ड सर्यो

धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ काे मिति सरेकाे छ । 

यसअघि चैत ७ गते हुने भनिएको अवार्ड प्राविधिक कारणले दुई साता पछाडि सार्ने निर्णय भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

मञ्चले आठ विधामा अवार्ड प्रदान गर्दै आएको छ । त्यसमध्ये सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छन् । 

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । अब वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई समान ३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई जनही २५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेताले २० हजार रुपैयाँसहित ट्रफी पाउने छन् ।

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले अवार्डलाई मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ । कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सिपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल र बिवाइडी मोटरले पनि प्रायोजकका रुपमा साथ दिएका छन् ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary