भाद्र ३, २०८२ बुधबार | १२:५८:२९
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली

शीतकालीन एसियाली खेलकुदः चार मध्ये तीन नेपाली खेलाडी प्रतिस्पर्धा पूरा गर्न सफल

स्किङ स्लालम र महिला पाँच किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडी लाई पदक वितरण गर्ने क्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ (वायाँबाट दोस्रो) । तस्बिर सौजन्यः एनओसी

काठमाडौं । चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलकुदमा नेपाली खेलाडीले शनिबार प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३०औं स्थानमा आएका छन् ।उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । त्यसमा कुल ३० खेलाडीले प्रतिस्पर्धा पूरा गरेका थिए ।

पुरुष स्लालममा नेपालका तर्फबाट सहभागिता जनाएका सफलराम श्रेष्ठ (दायाँ) र चोवाङ मिङग्युर तामाङ । तस्बिर सौजन्यः एनओसी

रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन् । यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन् । रन पूरा गर्न नसक्नेमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि थिए । त्यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन् ।

महिलातर्फ सहभागी दुवै नेपाली खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५औं स्थानमा रहे । देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । यस्तै लक्ष्मीको टाइमिङ तीन मिनेट २२.१३ सेकेन्डको थियो । स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै थिए । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन् ।

महिला स्लालममा नेपालका तर्फबाट सहभागिता जनाएका देबोरा तिमल्सिना र लक्ष्मी राई । तस्बिर सौजन्यः एनओसी

यसबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको पुरुष अल्पाइन स्किङ स्लालम र महिला पाँच किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडी लाई पदक पनि वितरण गरे । श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को स्पोर्टस एन्ड इन्भायोरामेन्ट कमिसनका अध्यक्ष समेत हुन् ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary