भाद्र ३, २०८२ बुधबार | १३:००:०४
नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य थाइल्यान्डकी वारन्याले ललितपुरबाटै खेल्ने दीपेन्द्रले नेपालको कप्तानी गर्ने जुनियर क्रिकेट लिग सुरु मोहम्मद सलाह पिएफए पुरुष वर्ष खेलाडी रियाल मड्रिडको कठिन जित साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट, सुखद सुरुआतको लक्ष्यमा नेपाल ग्लोबल हुप फेस्टः प्रिमियर, सिसिआरसी र ग्रिनफिल्ड सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई हरायो साफ यु-१७ महिला च्याम्पियनसिपका लागि तयार नेपाली टोली

खेलकुद मन्त्री चौधरीले गरे १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

सचिवालयको उद्घाटन गरिँदै ।

काठमाडौं । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष पनि रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे ।

त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा १०औं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन सचिवालय सञ्चालनमा ल्याइएको हो ।

मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले १०औं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए ।

मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने जानकारी दिए ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए ।

सदस्य-सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।

सदस्यसचिव घिसिङले सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको भन्दै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन÷समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए ।

गत मंसिर २१ गते बसेको राखेपको ११८औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।


भिडियो
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary