चैत्र ८, २०८२ आइतबार | ०९:२१:१२
शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज(आइतबार) सबिक विजेता विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल खेल्दैछ ।

पुलिसले आफ्नो पहिलो खेलमा बलियो टोली तथा साबिक उपविजेता त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । दुई टोलीबीचको खेल आइतबार बिहान ९ः३० बाट तल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दैछन् ।

पिएम कपको इतिहासमा पुलिस क्लब पहिलो पटक पुर्व कप्तान दीपेन्द्रसिंह ऐरी बिना मैदान उत्रदै छ । केही वर्ष यताका पुलिसका कप्तान दीपेन्द्र लामो समयसम्म पुलिसको साथमा रहेका थिए ।

केही समय अघि पुलिससँगको सम्झौता रद्द गरेका दीपेन्द्र पाकिस्तान सुपर लिग(पिएसएल) मा सहभागी हुन जो तयारीमा छन् । उता, पिएम कपमा सर्वाधिक धेरै खेल खेलेका तथा कप्तानीमा समेत कीर्तिमान बनाएका विनोद भण्डारीको नेतृत्वमा रहेको आर्मी पनि सुरुवाती खेलबाटै उपाधीलाई लक्ष्य बनाउँदै मैदान उत्रदैछ ।

गत संस्करणका फाइनलमा खेलेका दुवै टोलीबीचको खेललाई महत्वका साथ हेरिएको छ । आजै अर्को खेलमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले बागमती प्रदेशसँग खेल्दैछ ।

स्थानिय टोली बागमती र एपिएफबीचको खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहान ९ः३० मा नै सुरु हुदैछ । रोहितको कप्तानीमा पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेको एपिएफ सुरुवात सानदार गर्न चाहन्छ ।

बागमती पनि विभागीय टोलीलाई हराउँदै आफ्नो प्रतियोगितामा बलियो उपस्थिती जनाउन चाहन्छ । प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।

२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख पाउँदा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका अन्य खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो